वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
जलबायु परिवर्तनलाई वेवास्ता गरियो भने जनजीवनमा विकासको सकारात्मक प्रभाव हुँदैन — उपप्रमुख डंगोल
काठमाडौँ । जलबायु परिवर्तनलाई वास्ता गरिएन भने विकासका लागि गरिएका प्रयासहरुको सकारात्मक नतिजा नआउने, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । जनप्रतिनिधि, कर्मचारी, नगरबासीसहित जलबायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारका बिच सुरु गरिएको २ दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
‘हामीले जलवायुमा असर हुने खालका काम गरेका छैनौँ । तर, असर भोगिरहेका छौँ । महामारी, रोगव्याधी, खडेरी, अतिवृष्टि जस्ता समस्या जलबायु परिवर्तनका असर हुन् ।’ उहाँले भन्नुभयो, ‘सवारी साधनको बढ्दो प्रयोगबाट हुने कार्वन उत्सर्जनलाई कम गराउन अब विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्छ । पेट्रोलियम उर्जाको सट्टा नविकरणीय उर्जाको प्रयोग बढाउनु पर्छ । हामी अहिले आगामी आर्थिक बर्षको नीति कार्यक्रमको चरणमा छौँ । यसलाई ध्यान दिनेछौँ ।’
वातावरणीय क्षेत्रमा जलबायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको कारणमा नेपालको योगदान छैन तर असर भोगिरहेको छ । बाढी, पहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो, अति गर्मी प्राकृतिक रुपमा बढिरहेका जोखिम हुन् । यी जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटन लगायत क्षेत्रमा असर गरेको छ । यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकुलन गराउने विषयलाई सम्बोधन गर्नु पर्ने भएकोले वातावरण व्यवस्थापन विभागले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौँमा यसबाट परेको असर पहिचान गर्न, अनुकुलन र न्यूनीकरणका प्रक्रियामा समान बुझाइ विकास गर्न, कार्वन मार्केटिङ्का विषयमा छलफल गर्न यसबाट आधारभूत विषय प्राप्त हुने अपेक्षा गरिएको छ ।
‘हामीले अहिले जमिनको प्राकृतिक अवस्थालाई जसरी प्रयोग गरेका छौँ । आजको हाम्रा आचरणले भोलि हाम्रा सन्ततिले यही अवस्थामा प्रयोग गर्न पाउँछन् कि पाउँदैनन्? अहिलेको पुस्ताका लागि संवेदनशील प्रश्न हो ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भन्नुभयो, ‘अनुकुलन र न्युनीकरणका लागि काम गर्नुपर्ने अहिलेको मुख्य जिम्मेवारी हो ।’
यही क्रम बढ्दै जाने हो भने अबको ५० बर्षपछि सामान्य जीवनयापनका लागि पनि पानीको अभाव हुने अवस्था आउने अध्ययनहरुले देखाएका छन् । यसबाट प्राणी जीवनमा पर्न सक्ने जोखिम आँकलन गरेर त्यस्तो अवस्था आउन नदिन आजबाटै उपाय अबलम्बन गर्नुपर्छ । अधिकारीको भनाइ छ ।
‘काठमाडौँको जनजीवनलाई सामान्य बनाउन धेरै पक्षका बिचमा सन्तुलन कायम गराउनु पर्छ । यसमध्येको एउटा विधा जलबायु परिवर्तन पनि हो । यसका असर कम गराउनु अहिलेका लागि हाम्रो प्रमुख दायित्व हो ।’ कार्यक्रममा महानगरका प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘देखिनेभन्दा नदेखिने समस्या धेरै छन् । नदेखिने समस्याको असर आम सर्वसाधारणलाई बुझाउन र समस्या समाधानका लागि सहभागी गराउन आवश्यक छ । यसका लागि काठमाडौँ महानगरपालिकाले काम गर्नेछ ।’
अभिमुखीकरण कार्यक्रममा जलबायु परिवर्तनको कारण, असर, अनुकुलन र न्यूनीकरणका विषयमा नेपाल पानी सदुपयोग फाउन्डेसनका कार्यकारी संयोजक लालमणि वाग्लेको प्रस्तुतिकरण छ । यस्तै यसले निम्त्याउन सक्ने प्रकोप र स्थानीय विपद र जलबायु उत्थानशील योजनाका विषयमा जलबायु परिवर्तन बिज्ञ बिनोद पराजुलीको प्रस्तुतिकरण छ । प्रस्तुतिकरणपछि छलफल हुनेछ ।
भोलिको सत्रमा पराजुलीले राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा जलबायु परिवर्तनको अवस्थाका विषयमा र वाग्लेले जलबायु परिवर्तन सम्बन्धी कानुनी व्यवस्थाका विषयमा प्रस्तुतिकरण गर्नुहुनेछ । त्यस्तै इनोभेसन ल्याबका सुजित शर्माले, जलबायु परिवर्तन र विपद व्यवस्थापनका क्षेत्रमा भएका नविनतम प्रयोगका विषयमा प्रस्तुति गर्नुहुनेछ ।
अभिमुखीकरणमा हरेक वडाबाट २ जना वडा सदस्यसहित जनप्रतिनिधि, कर्मचारी र साझेदार संघ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App