वि.सं.: २०८२, पुस १५ मंगलबार
इ.स.: 2025 December 30,TUESDAY
वि.सं.: २०८२, पुस १५ मंगलबार
भवन नक्सा स्वीकृतिको परम्परागत प्रक्रिया बन्द : कागजरहित सेवामा प्रवेश
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्ड कपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको छ । बैशाख ३१ गतेको प्रमुख स्तरीय निर्णयबाट जेठ १ गतेबाट कागजरहित सेवा सुरु गर्दै परम्परागत शैली अन्त्य गरेको हो । यसका लागि इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ । यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो ।
नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाण पत्र लिँदा यस अघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानु पथ्र्यो । वि. सं. २०७० भदौ १६ गतेबाट महानगरले कागज पनि हुनु पर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेको हो । फाइलमा भएका कागज र प्रणाली भिडाएर प्रक्रिया अगाडि बढाइन्थ्यो । प्रणालीका अङ्ग परिपक्व भइनसकेकाले यस अघि कागज बोक्नु पर्ने अवस्था थियो । प्रणालीलाई विकास गर्दै विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्का सम्बन्धी उजुरीसहितको बनाएपछि काजगरहित सेवामा रुपान्तरण गरिएको हो ।
यो प्रणालीजस्तै सेवाग्राहीको हातहातमै सेवा दिने, जहाँबाट पनि सेवा लिन सकिने एकीकृत विद्युतीय सुशासन प्रणालीको व्यवस्था गरिसकेको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । ‘सहज, सरल र पहुँचयुक्त सेवाका लागि हामीले लिएको नीति कार्यान्वयन भएको छ ।’ प्रमुख शाहले भन्नुभयो, ‘सेवा प्रवाहसँगै कर प्रणाली, आकस्मिक सेवा, विभिन्न प्रकारका शिफारिस लिने जस्ता महत्वपूर्ण काम इन्टरनेट भएको मोवाइल र कम्प्युटरमा प्राप्त हुनेछ ।’
चालु आर्थिक बर्षको ‘सहरी विकास तथा भवन मापदण्ड सम्बन्धी नीति’ मा ‘भवनको नक्सा पास प्रक्रियालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली (इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम — इबीपीएस) लाई थप प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ । डिजिटल सिग्नेचरलाई आगामी बर्षदेखि कार्यान्वयनमा ल्याइनेछ ।’ भन्ने नीति राखिएको थियो । प्रणाली कागजरहित भएपछि यो नीति कार्यान्वयनमा आएको छ ।
महानगरको सेवालाई अटोमेसन (स्वचालित प्रणाली) मा आवद्ध गराउँदै लैजाने क्रममा यो एउटा महत्वपूर्ण कामको थालनी हो । यस अघि गएको बैशाख १ गतेदेखि ५ हजार बर्गफिट सम्म क्षेत्रफल भएको भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिइसकिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App