वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
सहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गर्न प्रमुख शाहको सरकारलाई आग्रह
 
                        काठमाडौँ । सहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका बैठकबाट नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । ज्येष्ठ १ गते बालाजु बाइसधारा उद्यानमा रहेको सभा कक्षमा बसेको १५ औँ कार्यपालिका बैठकबाट उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । ‘गएको १ बर्षमा सरकारका १४ वटा मन्त्रालयलाई विभिन्न कामका लागि अनुरोध गरेका थियौँ । ती अनुरोधका सम्बन्धमा म ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रमुख शाहले बैठकमा उठेको बहाल कर सम्बन्धी सवालको जवाफमा भन्नुभयो, ‘संस्थागत बहाल कर संघीय सरकारले लिएको विषयमा हामी संवैधानिक इजलास जान्छौँ ।’
 प्रमुख शाहले, वडा नं. ५ हाँडीगाउँमा वडाले संरक्षण गरेको सार्वजनिक जग्गा महानगरको सहमति र अनुमति बिना नै कुनै संस्थालाई लिजमा दिन मन्त्री परिषदले गरेको निर्णय बदर गरिदिन भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभयो । ‘सार्वजनिक र सरकारी जग्गा स्थानीय सरकारसँग समन्वय नगरी मन्त्री परिषद्को निर्णयबाट लिजमा दिने सम्बन्धी भएका सबै निर्णय बदर गरिदिनु हुन म यसै कार्यपालिका बैठकबाट सरकारलाई अनुरोध गर्दछु ।’ प्रमुख शाहले आग्रह गर्नुभयो ।
प्रमुख शाहले, वडा नं. ५ हाँडीगाउँमा वडाले संरक्षण गरेको सार्वजनिक जग्गा महानगरको सहमति र अनुमति बिना नै कुनै संस्थालाई लिजमा दिन मन्त्री परिषदले गरेको निर्णय बदर गरिदिन भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभयो । ‘सार्वजनिक र सरकारी जग्गा स्थानीय सरकारसँग समन्वय नगरी मन्त्री परिषद्को निर्णयबाट लिजमा दिने सम्बन्धी भएका सबै निर्णय बदर गरिदिनु हुन म यसै कार्यपालिका बैठकबाट सरकारलाई अनुरोध गर्दछु ।’ प्रमुख शाहले आग्रह गर्नुभयो । 
गएको १ बर्षमा सहरी विकास र सार्वजनिक सरोकारका विषयमा महानगरले गसमन्वय र सरोकार लागि गरेका कामका विषयमा जानकारी दिँदै प्रमुख शाहले भन्नुभयो, ‘गृह मन्त्रालयसँग अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न अनुरोध गरेका थियौँ । अहिले मूर्ति चोरीका घटना बढिरहेका छन् । यसमाथि निगरानी बढाउनु आग्रह गरेका थियौँ । विदेशी नियोगका संरचनामा पैदल यात्रुका लागि हिँड्ने ठाउँ छैन । उहाँहरुसँग समन्वय गरेर पैदल मार्ग खुलाउने विषयमा सहयोग गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका थियौँ । सरकारी विद्यालयको शैक्षिक क्रियाकलाप सुधार गर्न डिजिटल टेलिभिजन र स्मार्ट बोर्डका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेका थियौँ ।’
सरकारी अस्पताल सरसफाई र बीमा कार्यक्रम तथा मन्त्रालयको रहेको भवनको माथिल्लो भाग भत्काउन सर्वोच्च अदालतले दिएको आदेश पालना गर्न प्रमुख शाहले, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पुन ध्यानाकर्षण गराउनुभयो । अदालतले भत्काउन भनिसकेको र अहिलेसम्म नभत्काइएको हुनाले महानगरले काम नगरे जस्तो देखिएको छ । प्रमुखको भनाइ थियो ।
 ‘एअरपोर्टको नक्सा पास गर्न, त्यस क्षेत्रबाट जम्मा हुने बर्खाको भेलले पेप्सीकोला क्षेत्रमा हुने डुवानको समस्या समाधान गर्न, नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरिएको थियो । तीनकुनेको जग्गा अधिग्रहण गरेर व्यक्तिका नामबाट गैरकानुनी रुपमा लगत कट्टा गरिएको २४ रोपनी जग्गाको समस्या समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई आग्रह गरिएको थियो । यसअधि महानगरका प्रयासका विषयमा बैठकलाई जानकारी र सरकारलाई ध्यानाकर्षण गराउँदै प्रमुख शाहले, याङ्ग्री र लार्के खोलालाई मेलम्चीसँग जोडेर राजधानी सहरमा सधैँ पानी वितरण प्रणाली मिलाउन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको उचित व्यवस्थापन गर्न, पाइप लाइन विकास र विस्तारलाई व्यवस्थापन गर्न खानेपानी मन्त्रालयलाई अनुरोध गरिएको बताउनुभयो ।
‘एअरपोर्टको नक्सा पास गर्न, त्यस क्षेत्रबाट जम्मा हुने बर्खाको भेलले पेप्सीकोला क्षेत्रमा हुने डुवानको समस्या समाधान गर्न, नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरिएको थियो । तीनकुनेको जग्गा अधिग्रहण गरेर व्यक्तिका नामबाट गैरकानुनी रुपमा लगत कट्टा गरिएको २४ रोपनी जग्गाको समस्या समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई आग्रह गरिएको थियो । यसअधि महानगरका प्रयासका विषयमा बैठकलाई जानकारी र सरकारलाई ध्यानाकर्षण गराउँदै प्रमुख शाहले, याङ्ग्री र लार्के खोलालाई मेलम्चीसँग जोडेर राजधानी सहरमा सधैँ पानी वितरण प्रणाली मिलाउन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको उचित व्यवस्थापन गर्न, पाइप लाइन विकास र विस्तारलाई व्यवस्थापन गर्न खानेपानी मन्त्रालयलाई अनुरोध गरिएको बताउनुभयो । 
खोला कोरिडोर, सरसफाइ, अण्डरपास, नदी किनारामा तरल फोहोर प्रशोधन प्लान्ट, बञ्चरेडाँडामा लिचेड व्यवस्थापन तथा प्रशोधन प्लान्ट स्थापना, साइटमा आवतजावत गर्ने सडक र सडक बत्तीका लागि सहरी विकास मन्त्रालय अनुरोध गरिएको थियो । यो जिम्मेवारी अहिले पनि पूरा भएको छैन । उहाँले यसलाई पूरा गरिदिन अनुरोध गर्नुभयो । 
रिङ्रोड विस्तार र उपत्यका यातायात प्राधिकरण गठन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई, आइएसपी र टेलिकम बिच एकीकृत पूर्वाधार विकास सम्बन्धी विधेयक स्वीकृति गरिदिन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई, सडक बत्ती व्यवस्थापनमा सघाउन उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयलाई, सार्वजनिक जग्गा संरक्षणमा सघाउन भूमि सुधार, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई, विषादि परीक्षण गरेपछि मात्र उपत्यकामा तरकारी ल्याउने प्रबन्धका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गरिएको थियो । 
प्रमुखले बैठकमा विगत अभ्यासका विषयमा जानकारी गराइरहँदा पूर्वाधार समितिका संयोजक मुकुन्द रिजालले, बालाजु औद्योगिक क्षेत्रभित्रका सबै भवनको नक्सा स्वीकृति प्रक्रियामा ल्याउन, त्यस क्षेत्रबाट उत्पादन भएको तरल फोहोर प्रशोधन प्रणाली विकास गर्न, उद्योगबाट निष्कासन हुने धुँवाको व्यवस्थापन गर्न उद्योग मन्त्रालयको ध्यानाकर्षण गराउनु पर्ने बताउनुभयो । राजमार्गका ठूला पुलको व्यवस्थापन, जीर्ण पुलको मर्मत सम्भार, वालाजु क्षेत्रभित्रकै मत्स्य केन्द्रका संरचना तथा जमिन सम्बन्धी जानकारी प्राप्त हुनु पर्ने बताउनुभयो ।
सहरी स्वास्थ्यका लागि सूर्तिजन्य पदार्थ नियमन जरुरी छ । यसको प्रयोग घटाउन कर बढाउनु पर्छ । यसका लागि नेपाल सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने वडा ७ का अध्यक्ष बिमल होडाले सुझाव दिनुभयो । महानगरको अनुमति बिना वडाले संरक्षण गरेको जमिन संस्थालाई लिजमा दिने सरकारको निर्णय उचित नभएको वडा ५ का अध्यक्ष बीरेन्द्र प्रजापतीले धारणा राख्नुभयो ।
बैठकले सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८०, सुवर्णपुर सम्पदा संरक्षण निर्देशिका २०८० स्वीकृत गरेको छ ।
वडा नं. ६ को बौद्ध माध्यमिक विद्यालयको कक्षा ६ देखि ८ सम्म तामाङ् भाषा अध्यापन गराउन नियुक्त गरिएका प्रशिक्षण सहायकको नियुक्ति बैठकले अनुमोदन गरेको छ । यस्तै पूर्व प्राथमिक तहको बाल सहजकर्ताको नियुक्ति अनुमोदन भएको छ । वैठकले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।
टेकुमा महानगरका जग्गा एकीकरण आयोजना र मिसिल तथा तथ्याङ्क शाखा रहेको भवनको ब्लक ‘ए’ भत्काउने निर्णय भएको छ । विद्युतको हाइटेन्सन लाइनका कारण उक्त भवन भत्काउनु परेको हो ।
स्वास्थ्य अवस्थाका कारण उपप्रमुख सुनिता डंगोल बैठकमा उपस्थित हुन सक्नु भएन । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बैठकको सचिव रुपमा हुनुहुन्थ्यो ।
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App