वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
रत्नपार्कमा वृक्षारोपण, धुपी, कपुर र समीका विरुवा रोपिए
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज शंखधरपार्क (रत्नपार्क) मा वृक्षारोपण गरेको छ । सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत आज पार्कमा ११५ वटा विरुवा रोपिए । जसमा कपुर, धुपी र समीका विरुवा छन् । अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १२० वटा कपुरका विरुवा रोपिएका थिए ।
सहरी हरियालीका लागि १ लाख विरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ ।
सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फुल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख शाहको भनाइ छ । ‘चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट विरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक)) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) बोट विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’ प्रमुख शाहले स्पष्ट पार्नुभयो ।
सन् १८०२ एक बर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा बैज्ञानिक बुचानन हामील्टनले बोट विरुवाको अध्ययन गर्नुभएको थियो । त्यसबाट ४१ प्रजातिका विरुवाको नाम नेवारी लवजमा राखियो । अन्तरराष्ट्रिय स्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवाहरु — बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको बैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसीमा, पोडोकार्पस नेरिफोलियस हो ।
यी विरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकोले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्छ ।
वनस्पतिविज्ञ प्रकाश खड्गीकाअनुसार, नेपालमा पाइने १५८ प्रकारका रुख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन् । यहाँ ३१२ प्रकारका रैथाने जातका बोट बिरुवा छन् ।
बनस्पतिविज्ञहरुले रोप्नका लागि शिफारिस गरेका विरुवा
सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोट विरुवा रोप्न बनस्पतिविज्ञहरुको सुझाव छ । यसरी रोपिने विरुवाहरुमा उत्तिस, काब्रो, लप्सी, सिमल, पैयुँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ जस्ता बिरुवा छन् ।
सहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोट विरुवाले पूरा गराउन सक्छन् । महानगरको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार, रत्नपार्कसँगै खुल्ला मञ्च क्षेत्र, पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा विरुवा रोपिनेछन् ।
बर्खा याममा विरुवा सार्न र बचाउन सकिने भएकोले यही मौसममा धेरै विरुवा रोप्ने योजना छ । यससँगै ट्राफिक आइल्याण्डहरुमा मौसमी पूmलहरु रोपिनेछन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App