वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
शिक्षण विधि, सिकाइ र शिक्षामा सिप कार्यक्रम निरीक्षण गर्न प्रमुख शाह विद्यालय निरीक्षणमा
काठमाडौँ । सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले निरीक्षण अवलोकन गर्नुभएको छ । यस क्रममा उहाँले हिजो शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज र पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार पुग्नुभयो । गएको हप्ता दरबार हाइ स्कूलको अवलोकन गर्नुभएको थियो ।
‘म काठमाडौँ महानगरपालिकामा मेयरको रूपमा निर्वाचित भए देखि नै शिक्षा क्षेत्रको विकास र सुधारका कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेको छु । पछिल्लो समय हरेक शुक्रवार विद्यालयमा विद्यार्थीहरुसँगै बस्ने र सँगै बसेर सिक्ने गरेको छु ।’
अवलोकनका विषयमा प्रमुख शाह भन्नुहुन्छ, ‘हिजो शुक्रवार बिहान काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो । शिक्षामा सीप कार्यक्रममार्फत विद्यार्थीहरूसँगै बसेर सिक्न मौका पाएँ । साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको सहभागिताको बारेमा बुझ्न पाएँ । निरीक्षण अनुगमनका क्रममा शिक्षामा सीप कार्यक्रमले विद्यार्थीको भविष्य निर्माणका लागि पार्ने प्रभावको बारेमा बुझ्ने मौका पाएँ । विद्यालयहरूको वर्तमान अवस्था, समग्र विकासका लागि आवश्यक पर्ने पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताका बारेमा जानकारी लिएको छु ।’
शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेक्ट्रोनिक्स गरी २ वटा कक्षा सञ्चालनमा छन । डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रममा सिपमा शिक्षा कार्यक्रमअन्तर्गत स्केचीङ र मूर्तिकला, फेसन र कपडा निर्माण जस्ता कार्यक्रममा सञ्चालन भइरहेका छन् । ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरू पत्रपत्रिका पठन, भाषण तथा कविता वाचन कला, खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशाला जस्ता विधा र क्षेत्रमा सहभागी भएका छन् ।
प्रमुख शाहले निरीक्षणको अन्त्यमा शौचालयको उपलब्धता, अवस्था र सरसफाइका पक्ष हेर्नुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App