वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
विद्यालय स्तरीय ट्राफिक क्लब गठन : प्रमुख शाहबाट शुभारम्भ
काठमाडौँ । पदमकन्या माध्यमिक विद्यालय, डिल्लीबजारमा ट्राफिक क्लब गठन गरिएको छ । क्लब गठनपछिको प्रतिक्रियामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले भन्नुभयो, ‘मैले मेयर पदमा उम्मेदवारी दिने समयमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई प्रमुख प्राथमिकतामा राखेको थिएँ । मतदातासँग त्यसबेला गरिएको प्रतिवद्धता पूरा गराउने कार्यक्रम सुरु गर्दै, नेपालमा नै पहिलो पटक विद्यालयमा ट्राफिक क्लब स्थापना गरेका छौँ । बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनका बारेमा व्यवहारिक ज्ञान दिन क्लब गठन गरिएको हो । क्लवमा १० जना सदस्य हुनेछन् ।’
क्लवमा आवद्ध विद्यार्थीहरुको कामका बारेमा जानकारी दिँदै प्रमुख शाह भन्नुहुन्छ, ‘काठमाडौँका धेरै स्कूलहरू व्यस्त सडक किनारामा छन् । यस्ता विद्यालयका सदस्यहरु बिहान खुल्ने र साँझ विदा हुने समयमा सक्रिय हुन्छन् । उनीहरुले ४ /४ जना को समूह बनाएर सडक पार गर्दा अपनाउने पर्ने सावधानी सम्झाउँदै पैदल यात्रुका दायित्वका विषयमा विद्यार्थीहरुलाई सम्झाउँछन् । उनीहरुलाई सडक पार गर्न सहयोग गर्ने जिम्मेवारी पनि क्लवका सदस्यहरुलाई दिइएको छ ।’
जेब्रा क्रसको संकेत राखिएको ठाउँबाट मात्र सडक पार गर्नुपर्छ । रातो बत्ती बलेको बेलामा बाटो काट्न हुँदैन । चालक तथा यात्रुले संकेत बत्तीको निर्देशन पालना गर्नुपर्छ । ‘स्टप’ मा रोकिने । ‘गो’ मा मात्र जाने बानीको विकास गराउनुपर्छ । यी विषयमा बाल्यकालको शिक्षासँगै ज्ञान दिन क्लबका क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्नेछन् ।
क्लबलाई ट्राफिक कोन, स्टप, गो बोर्ड, ब्याटन लाइट, फ्लोरोसेन ज्याकेट लगायतका आवश्यक सामग्री दिइएको छ । क्लब गठनको यो थालनी हो । सामुदायिक विद्यालयमा यसलाई विस्तार गर्दै लगिनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App