वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
ज्येष्ठ १३ गते विशेष सरसफाइमा सहभागी हुन प्रमुख शाहको आग्रह
काठमाडौँ । ज्येष्ठ १३ गते शनिवार बिहान ७ बजेदेखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आग्रह गर्नुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पद वहाली गरेको एक बर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख शाहले वडा अध्यक्षहरुलाई पत्रमार्फत अनुरोध गर्नुभएको छ ।
‘विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराइ कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्नुहुन समेत अनुरोध छ ।’ प्रमुख शाहले पठाउनुभएको पत्रमा उल्लेख छ ।
सरसफाइ गरिने स्थानको छनौट र आवश्यक सामग्री वडाले उपलब्ध गराउनेछन् । संकलित फोहोर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने काम वातावरण विभागले फोहोर व्यवस्थापनमा काम गर्ने निजी क्षेत्रको सहयोगमा गर्नेछ ।
गएको बर्ष (२०७९) बैशाख ३० गते शुक्रबार स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । बैशाख ३१ गते शनिवारबाट सुरु गरिएको मत गणना जेठ १३ गते शुक्रबार सकिएको थियो । त्यसै दिन राती १०ः३० बजे मत परिणाम घोषणा गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात जेठ १४ गते शनिवार विहान ०८ः०० बजे मूख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा वधाइ कार्यक्रम आयोजना गरेको थियो ।
जेठ १६ गते सोमबार विहान १०ः०० बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भयो । त्यसै दिन अपरान्ह ४ बजे कार्यपालिकाको पहिलो बैठक बसेको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App