नीति तथा कार्यक्रममा बाल सहभागिता गराउन महानगर स्तरको बाल भेला हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ १३ गते महानगरस्तरीय बाल भेला आयोजना गर्ने भएको छ । आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बालबालिकाको सहभागिता सुनिश्चित गर्न भेला आयोजना गर्न लागिएको हो ।
‘भेलामा बालबालिकाका वास्तविक आवाज आउनेछन् ।’ कार्यक्रम आयोजनाका बारेमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल भन्नुहुन्छ, ‘बाल अधिकार महासन्धीले निर्दिष्ट गरेका ४ खम्बा बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई अहिलेको सन्दर्भअनुकुल नीति, बजेट तथा कार्यक्रममा समावेश सघाउ पुग्नेछ ।’
कार्यक्रममा वडाका बाल क्लव र बाल सञ्जालका प्रतिनिधिहरुलाई बोलाइएको छ ।