वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
विशेष सरसफाइका लागि भेला हुने स्थान तोकियो
काठमाडौँ । शनिवार हुने काठमाडौँ महानगरपालिकाको विशेष सरसफाइ कार्यक्रममा स्वतःस्फूर्त सहभागी हुने महानगरबासी र साझेदार सबैलाई आग्रह गरिएको छ । यसका लागि भेला हुने तोकिएको छ । तोकिएको स्थानमा भेला भएर सरसफाइ र सचेतनामूल कार्यक्रम सञ्चालन गरिनेछ । जनप्रतिनिधिले पद बहाली गरेको १ बर्ष पूरा भएको अवसरमा विशेष सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
वडा स्तरीय सरसफाइको नेतृत्व वडाध्यक्षले गर्नुहुनेछ । कार्यक्रमलाई व्यवस्थित गर्न हरेक वडामा टोली प्रमुखसहित सहयोगी अधिकृत कर्मचारी, वडा सचिव, सेनिटेसन सुपरभाइजर, एक जना नगर प्रहरी र नाइकेको कर्मचारीको टोली खटाइएको छ ।
टोलीले आज सम्बन्धित वडा क्षेत्रको निरीक्षण तथा स्थानीयसँगको छलफल गरेका छन् । यसरी गरिएको छलफलपछि वडाध्यक्षसँगको समन्वयमा सरसफाइ गर्ने स्थान पहिचान भएको छ ।
सरसफाइका लागि ठूला वडामा ७५ जना, मझौला र साना वडामा ५० जनाका दरले कर्मचारी खटाइएको छ । महानगरका वडा नं. १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ गरी १५ वटा वडालाई ठूला वडा मानेको छ । वडा नं. २, ५, ८, १७, २२, २४, २५, २८, २९ र ३० गरी १० वटा वडा मझौला वडा हुन् । यसै गरी वडा नं. १२, १८, १९, २०, २१, २३ र २७ गरी ७ वटा वडालाई साना वडा हुन् ।
सरसफाइका क्रममा फोहोर संकलनसँगै जथाभावी नफाल्न दैलो दैलोमा गएर सचेत गराइनेछ । स्वयमसेवामा आधारित सरसफाइ भएकोले कार्यक्रममा उल्लेख्य सहभागिता हुने महानगरको अपेक्षा छ ।
सहरलाई प्रदुषित हुनबाट रोक्ने प्रयासमा नागरिक सहभागिता बढाउन यसप्रकारको कार्यक्रम सञ्चालन गर्न लागिएको हो । फोहोरलाई स्रोतमा बर्गीकरण गर्न, उचित समयमा जिम्मेवार फोहोर संकलकको सवारी साधनमा मात्र फोहोर जिम्मा लगाउन, जैविक फोहोरलाई घरमै व्यवस्थापन, पुनःप्रयोग र पुनः चक्रिय प्रयोगबाट घटाउन, प्लाष्टिकका झोलाको प्रयोग निरुत्साहित गर्न सरसफाइसँगै घरघरमा सन्देश दिइनेछ ।
सफाइका लागि प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, पूर्व जनप्रतिनिधि, सामाजिक अगुवा, कलाकार, खेलाडी, राजनीतिक दल र भातृ संगठन, नगर वातावरण स्वयमसेवक, शैक्षिक संस्थाबाट शिक्षक, विद्यार्थी र कर्मचारी, निजी क्षेत्रका प्रतिनिधि सहभागी रहनुहुनेछ । यस्तै प्रकृति क्लव, रोटरी क्लव, लायन्स क्लव, रेडक्रसजस्ता सामाजिक तथा गैरसरकारी संघ संस्थाको पनि सहभागिता हुने वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।
बिहान ७ बजेदेखि १० बजेसम्म हुने सरसफाइमा करिब १५ व्यक्ति सहभागी अपेक्षा गरिएको छ ।
सरसफाइका लागि वडाले भेला हुन तोकेका स्थानहरु
वडा नं. १ कमलपोखरी
वडा नं. २ वडा कार्यालय (नारायण गोपाल मार्ग)
वडा नं. ३ लाजिम्पाट (सांग्रिला होटल नजिक)
वडा नं. ४ बालुवाटार (वडा भवन अगाडि)
वडा नं. ५ वडा कार्यालय प्राङ्गण
वडा नं. ६ वडा कार्यालय प्राङ्गण
वडा नं. ७ वडा कार्यालय प्राङ्गण
वडा नं. ८ पशुपति क्षेत्र
वडा नं. ९ बत्तीसपुतली
वडा नं. १० वडा कार्यालय प्राङ्गण
वडा नं. ११ माइतीघर मण्डला
वडा नं. १२ ओन्दे
वडा नं. १३ ताहाचल पुल
वडा नं. १४ कुलेश्वर भलिवल ग्राउण्ड
वडा नं. १५ भगवान पाउ
वडा नं. १६ सोह्रखुट्टे चोक
वडा नं. १७ डल्लु पुल
वडा नं. १८ वडा कार्यालय प्राङ्गण
वडा नं. १९ दमाइ टोल
वडा नं. २० भीमसेन स्थान
वडा नं. २१ जैसीदेवल
वडा नं. २२ टेवहाल
वडा नं. २३ यंगाल
वडा नं. २४ हनुमान ढोका अगाडि
वडा नं. २५ असन डवली
वडा नं. २६ सञ्चय कोष भवन अगाडि
वडा नं. २७ असन
वडा नं. २८ कमलादी गणेश स्थान
वडा नं. २९ वडाको ढुङ्गेधारा
वडा नं. ३० वडा भवन अगाडि
वडा नं. ३१ पुरानो वडा कार्यालय (भीमसेनगोला)
वडा नं. ३२ कोटेश्वर चोक (प्रहरी वृत्त)
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App