वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
शुक्रबार सबैभन्दा रमाइलो र मनोरञ्जक छ, स्कुल जाउँ जाउँ लाग्छ — बाल भेलाका विद्यार्थी
काठमाडौँ । बाल क्लव र बाल सञ्जालका बालबालिकाले अरु दिनभन्दा शुक्रबार विद्यालय जान रमाइलो लाग्न थालेको बताएका छन् । ‘यो दिन मनोरञ्जन हुन्छ । मनोरञ्जन गर्दा गर्दै धेरै सिप सिकिसकेका हुन्छौँ ।’ महानगरको वार्षिक नीति तथा कार्यक्रममा बालबालिकाको आवाज सुन्न महानगरको सामाजिक विकास विभागले बाल विकास समाजसँगको सहकार्यमा आज आयोजना गरेको बाल भेलामा सहभागी विद्यार्थीहरुले अनुभव सुनाएका हुन् । समाजका कार्यकारी निर्देशक कृष्णप्रसाद सुवेदीले, तपाईहरुलाई कुन दिन स्कूल जान धेरै मन पर्छ? भन्ने प्रश्नको उत्तरमा विद्यार्थीहरुले भने, ‘पहिले, कहिले छुट्टी हुन्छ, जस्तो लाग्थ्यो । अहिले शुक्रबार चाहिँ छुट्टी नहोस् जस्तो लाग्छ ।’
महानगरको वार्षिक नीति तथा कार्यक्रममा यो कार्यक्रमलाई नछुटाउन उनीहरुले आग्रह गरे ।
आज दिनभर उनीहरु आफ्ना लागि महानगरले गर्नु पर्ने कामका विषयमा बुँदा टिप्छन् । यसका लागि सहजकर्ताले सघाउँछन् । यसरी टिपिएका बुँदालाई सिलसिला मिलाएर महानगरलाई बुझाउने उनीहरुको योजना छ ।
यस क्रममा उनीहरुले योजना तर्जुमा तथा छनौटको अभ्यास पनि गर्नेछन् ।
बालबालिकाको कुरा सुनिसकेपछि सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले, विद्यार्थीहरुले यस अघि कति दवावमा अध्ययन गरिरहेका थिए भन्ने कुरा बुक फ्रि फ्राइडे कार्यान्वयन पछि महसुस गरिएको बताउनुभयो ।
‘गुणस्तरीय शिक्षाका लागि धेरै शुल्क तिरेर विद्यार्थीहरुलाई महङ्गा विद्यालयमा भर्ना गर्छौँ । स्कूल छुट्टी हुँदा उनीहरु रमाउँछन् । बाल मनोविज्ञान अध्ययन गर्न यही एउटा विषय काफी छ ।’ पोखरेलको भनाइ छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App