वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
३३ बुँदे प्राथमिकसूची तयार पार्दै बाल भेला सम्पन्न
काठमाडौँ । आ.ब २०८०÷०८१ का लागि बालबालिका लक्षित योजना तर्जुमाका लागि महानगर स्तरीय बाल भेला सम्पन्न भएको छ । भेलामा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका सहभागी थिए । भेलाबाट बालबालिकाहरुले ३३ बुँदामा योजनालाई प्राथमिकसूची तयार पारेका छन् ।
काठमाडौँ महानगरपालिकाभित्र आफूलाई के मन पर्छ?, के मन पर्दैन? सुरक्षित महसुस हुन्छ कि हुँदैन? जस्ता बाल बचाउ, अधिकार, संरक्षण जस्ता सवाल भेलामा प्रस्तुतीकरण र छलफलका मुख्य विषय थिए । छलफलमा भेदभाव, दुव्र्यवहार, हिंसा, शोषण, उपेक्षा, श्रमसँगै विद्यालयबाट प्राप्त हुने सेवा, सुविधा र आचरण सम्बन्धी सवालहरु उठान गरिएको थियो ।
भेलामा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका वास्तविक आवाजबाट महानगरपालिकालाई बाल अधिकार, बचाउ, संरक्षण जस्ता अधिकारका सवालमा तथ्यपरक योजना तर्जुमा गर्न सघाउ पुग्ने धारणा राख्नुभयो । बाल विकासका चरणहरुमा संवेदनशीलता आवश्यक छ । उहाँले भन्नुभयो, ‘महानगरपािलका बाल अधिकारका लागि जिम्मेवार छ । आफ्नो जिम्मेवारी पूरा गर्छ ।’
सकारात्मक सोचको निर्माण घरबाटै हुन्छ । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, बालमैत्री सामुदायिक विद्यालय निर्माणमा महानगरले महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्नुभयो । बुक फ्रि फ्राइडे हामीले थालेका कामको उदाहरण हो । अधिकारीको भनाइ थियो ।
भेलामा बाल विकास समाज, वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सामाजिक संघ संस्थाका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । बाल क्लव र बाल सञ्जालका ५५ जना बालबालिका भेलामा सहभागी थिए ।
बालबालिका लक्षित योजना तर्जुमा गर्न बाल भेलाबाट प्राप्त हुने सुझावले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App