Logo
  • वि.सं.: २०८२, वैशाख ७ आइतबार​

  • इ.स.: 2025 April 20,SUNDAY

  • वि.सं.: २०८२, वैशाख ७ आइतबार​

  • १ बर्षमा २३ वटा कानुन निर्माण : अहिलेसम्ममा ९४ वटा 

    १ बर्षमा २३ वटा कानुन निर्माण : अहिलेसम्ममा ९४ वटा 

    काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पद वहाली गरेपछि २३ वटा कानुन निर्माण भएका छन् । यीमध्ये २०७९ सालमा २१ वटा र २०८० सालको पहिलो डेढ महिनाभित्र २ वटा जारी भए । कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यका अनुसार स्थानीय तह सदस्य निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेदेखि अहिलेसम्ममा ९४ वटा कानुन निर्माण भएका छन् । यीमध्ये ४० वटा ऐन, ३६ वटा कार्यविधि, ८ वटा निर्देशिका, ६ वटा नियमावली, २ वटा मार्गदर्शन र २ वटा मापदण्ड रहेका छन् । 

    यसरी जारी गरिएका कानुनहरुमध्ये २०७७ सालमा सबैभन्दा धेरै २२ वटा कानुन जारी भए । यो बर्ष ९ वटा कानुन, ९ वटा कार्यविधि, २ वटा मार्गदर्शन र २ वटा निर्देशिका लागु गरियो । २०७९ सालमा २१ बटा कानुन पारित भए । यसमा ८ वटा ऐन, ८ वटा कार्यविधि, ४ वटा निर्देशिका र एउटा नियमावली छन् । तेस्रो धेरै कानुन जारी भएको बर्ष २०७५ साल हो । यो बर्ष १२ वटा ऐन, ४ वटा कार्यविधि र एउटा नियमावली गरेर १७ वटा कानुन जारी भए । 

    २०७८ सालमा १३ वटा कानुन जारी भए । यसमा ४ वटा ऐन, ९ वटा कार्यविधि छन् । २०७४ साल अर्थात् स्थानीय सरकार सञ्चालनको अभ्यास भएको पहिलो बर्ष १२ वटा कानुन जारी भए । यसमा ४ वटा ऐन, ४ वटा नियमावली, ३ वटा कार्यविधि र एउटा मापदण्ड थिए । जनप्रतिनिधिको पहिलो कार्यकालमा सबैभन्दा कम कानुन जारी भएको बर्ष २०७६ हो । यो बर्ष ३ वटा ऐन, २ वटा कार्यविधि, एउटा निर्देशिका र एउटा मापदण्ड गरी ७ वटा कानुन जारी भए ।

    महानगरले आउँदो असार महिनामा आव्हान गर्ने नगर सभाको १३ औँ अधिवेशनमा आर्थिक विधेयक २०८०, विनियोजन विधयेक २०८० सँगै सञ्चार विधयेक २०८०, जन स्वास्थ्य विधयेक २०८० र नगर प्रहरी विधेयक २०८० पनि पेश गर्ने तयारी भइरहेको छ । आफ्नो कार्य क्षेत्रभित्रका काम गर्न आफैँ कानुन तर्जुमा गर्न सक्ने भएपछि महानगरले आफ्नो क्षेत्राधिकारका काम गर्न अलमल गरिरहनु पर्दैन । आवश्यक भएका कानुन तर्जुमा गर्ने तथा अनावश्यक कानुन खारेज गर्न सक्छ । महानगरपालिकाले खरिद नियमावली २०७४ लाई खारेज गरेर काठमाण्डौ महानगरपालिका सार्वजनिक खरिद नियमावली २०७९ समेत जारी गरेको छ । 

    नेपालको संविधानको भाग १८ धारा २२६ को उपधारा १ बमोजिम संविधानको अनुसूची ८ र ९ बमोजिमको अधिकार प्रयोग गर्न नगर सभाबाट आफैँ ऐन बनाउन पाउँछन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ मा आफ्नो क्षेत्राधिकार भित्रका विषयमा पालिकाहरुले आफैँ ऐन, नियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाएर लागु गर्न सक्ने व्यवस्था छ । पारित भएका कानुनहरु स्थानीय राजपत्रमा प्रकाशन गर्ने गरिएको छ । यी दस्तावेज महानगरपालिकाको वेभ साइटमा पनि राखिएका छन् । 

    शासन व्यवस्था परिवर्तनसँगै साविकमा भएका स्थानीय तहमा रुपान्तरण भएपछि संविधानले दिएको अधिकार प्रयोग गर्न पालिकाहरुले आफैँ कानुन बनाउने अभ्यास थालेका हुन् । 

    काठमाडौँ महानगरपालिकाका स्वीकृत कानुनहरु

    क्र.स.  स्वीकृत कानुन                                   नगर सभाबाट स्वीकृत मिति 
    १.     काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०७४     २०७४/०३/३१
    २.   काठमाडौँ महानगरपालिका विनियोजन ऐन, २०७४       २०७४/०४/०८
    ३. काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ २०७४/१२/२९
    ४.   हनुमानढोका दरवारक्षेत्र संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०७३ मा पहिलो शंसोधन     २०७४/१२/२९
    ५.  काठमाडौँ महानगरपालिका आर्थिक ऐन,२०७५     २०७५/०३/२७
     ६.     काठमाडौँ महानगरपालिका विनियोजन ऐन, २०७५     २०७५/०३/२७
    ७. काठमाडौँ महानगरपालिका राजस्व ऐन, २०७५     २०७५/०३/२७
    ८  काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५     २०७५/०३/२७
    ९. काठमाडौँ महानगरपालिका भवन निर्माण मापदण्ड, २०७५  २०७५/०३/२७
    १०. काठमाडौँ महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५     २०७५/०३/२७
    ११.  काठमाडौँ महानगरपालिका प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५     २०७५/०३/२७
    १२.  काठमाडौँ महानगरपालिका विकास समिति ऐन, २०७५     २०७५/०३/२७
    १३.     काठमाडौँ महानगरपालिका सहरी योजना आयोग( गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५     २०७५/१२/२४
    १४. काठमाडौँ महानगरपालिका सार्वजनिक– निजी साझेदारी तथा लगानी ऐन, २०७५      २०७५/१२/२४
    १५. काठमाडौँ महानगरपालिका विपद जोखिम न्युनिकरण तथा व्यबस्थापन ऐन, २०७५     २०७५/१२/२४

    १६ काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन,२०७५     २०७५/१२/२४
    १७.  काठमाडौँ महानगरपालिका आर्थिक ऐन,२०७६      २०७६/०३/२९
    १८. काठमाडौँ  महानगरपालिका विनियोजन ऐन, २०७६     २०७६/०३/२९
    १९. सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधि ऐन, २०७५ मा पहिलो शंसोधन     २०७६/०९/२९
    २०. काठमाडौँ महानगरपालिका आर्थिक ऐन,२०७७     २०७७/०३/१८
    २१.     काठमाडौँ महानगरपालिका विनियोजन ऐन, २०७७     २०७७/०३/२१
    २२ काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०७७ मा पहिलो शंसोधन २०७७     २०७७/०९/२७
    २३. काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण ऐन, २०७७     २०७७/१०/०६
    २४.  काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७     २०७७/०३/१८
    २५. काठमाडौँ महानगरपालिका संघ संस्था दर्ता तथा नियमन सम्वन्धी ऐन, २०७७     २०७७/०३/१८
    २६. काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन  ऐन, २०७७      २०७७/११/०४
    २७. काठमाडौँ महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७     २०७७/११/२६
    २८.  काठमाडौँ  महानगरपालिकाको संगठन संरचना, दरबन्दी र पदाधिकारी तथा प्रशासनिक एकाइहरुको कार्यविवरण, २०७७     २०७७/११/२६
     २९. काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०७८     २०७८/०३/२०
    ३०. काठमाडौँ महानगरपालिका विनियोजन ऐन, २०७८ २०७८/०३/२५ 
    ३१. काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०७८ मा पहिलो शंसोधन, २०७८     २०७८/०९/३० 
    ३२ काठमाडौँ महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ मा पहिलो शंसोधन, २०७८     २०७८/०९/३० 
    ३३.     काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०७९      २०७९/०३/१७
    ३४ काठमाडौँ महानगरपालिका विनियोजन ऐन, २०७९     २०७९/०३/२४ 
    ३५.      काठमाडौँ महानगरपालिका राजस्व (पहिलो शंसोधन) ऐन, २०७९     २०७९/०३/३० 
     ३६.      काठमाडौँ महानगरपालिका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐन, २०७९     २०७९/१०/१५
    ३७ साझेदारी तथा लगानी ऐन, २०७९     २०७९/१०/१५
    ३८. काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण (पहिलो संशोधन) ऐन, २०७९     २०७९/१०/१५
    ३९.     काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन (पहिलो संशोधन) ऐन, २०७९     २०७९/१०/१५
    ४०.  

    काठमाडौँ महानगरपालिका कर्मचारी सेवा (पहिलो संशोधन) ऐन, २०७९    

    २०७९/१०/१५

      नियमावली, निर्देशिका कार्यविधि, मापदण्ड, मार्गदर्शन

    क्र.स.  स्वीकृत कानुन                                    स्वीकृत मिति 
    १.     काठमाडौँ महानगरपालिका नगरसभा सञ्चालन कार्यविधि, २०७४     २०७४/०३/२९
    २.  काठमाडौँ महानगरपालिका शहरी योजना आयोगको गठन एवं सञ्चालन सम्बन्धी नियमावली, २०७४      २०७४/०५/२२
    ३. काठमाडौँ महानगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन ) नियमावली, २०७४     २०७४/०९/२४
    ४.   काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र प्रकाशन कार्यविधि, २०७४     २०७४/०९/२४
    ५.  काठमाडौँ महानगरपालिका समिति÷उपसिमित गठन सम्बन्धी कार्यविधि, २०७४      २०७४/०९/२४
     ६.     काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखको स्वकीय सचिवालय गठन तथा सञ्चालन सम्बन्धी मापदण्ड, २०७४     २०७४/०९/२४
    ७. काठमाडौँ महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७४      २०७४/१२/०५
    ८  काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४      २०७४/१२/०५
    ९. काठमाडौँ महानगरपालिका शहरी योजना आयोगको गठन एवं सञ्चालन सम्बन्धी नियमावली, २०७४ मा पहिलो शंसोधन २०७५     २०७५/०३/२६
    १०. काठमाडौँ महानगरपालिका भवन निर्माण सम्बन्धी कार्यविधि, २०७५     २०७५/०४/२८
    ११.  स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा कार्यविधि, २०७५      २०७५/०४/२८
    १२.  अन्तर सरकारी साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०७५     २०७५/१०/२५
    १३.     काठमाडौँ महानगरपालिका अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, २०७५      २०७५/११/१७
    १४. काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन  कार्यविधि, २०७६      २०७६/०६/१३
    १५. काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने आर्थिक सहायता निर्देशिका, २०७६     २०७६/११/०१
    १६ काठमाडौँ  महानगरपालिका कोरोना भाइरस (कोभिड –१९) सम्बन्धी राहत वितरण मापदण्ड, २०७६       २०७६/१२/१७
    १७.  काठमाडौँ महानगरपालिका मेयर रिसर्च फेलोसिप कार्यक्रम कार्यविधि, २०७६      २०७६/०९/१७
    १८. काठमाडौँ महानगरपालिका जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७   २०७७/०२/०४
    १९. काठमाडौँ महानगरपालिका कोभिड १९ संक्रमित र सम्पर्क व्यक्ति पहिचान, अनुसन्धान तथा खोजतलास कार्यदल गठन निर्देशिका, २०७७     २०७७/०२/२५
    २०. काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, २०७७     २०७७/०४/१५
    २१.     काठमाडौँ महानगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नती सम्बन्धी कार्यविधि, २०७७      २०७७/०४/१५
    २२ काठमाडौँ महानगरपालिका विद्युतीय माध्यमबाट राजस्व निर्धारण तथा संकलन मार्गनिर्देशन, २०७७      २०७७/०६/१९
    २३. काठमाडौँ महानगरपालिका भवन जाँचबुझ कार्यविधि, २०७७      २०७७/०७/०५
    २४. काठमाडौँ महानगरपालिका नेपाल भाषा प्रशिक्षण व्यवस्था सम्बन्धी कार्यविधि, २०७७      २०७७/०९/२४
    २५. काठमाडौँ महानगरपालिका विद्युतीय  माध्यमबाट राजस्व निर्धारण तथा संकलन मार्गनिर्देशन, २०७७ मा पहिलो शंसोधन      २०७७/०९/५
    २६. रिचार्ज काठमाडौं कार्यक्रम सञ्चालन कार्यविधि, २०७७      २०७७/११/२३
    २७. काठमाडौँ महानगरपालिका जनप्रतिनिधि आन्तरिक पर्यटन/कार्यक्रम कार्यान्वयन  निर्देशिका, २०७७      २०७७/११२३
    २८. काठमाडौँ महानगरपालिका सिल्भर भोलेन्टियर परिचालन कार्यविधि, २०७७ २०७७/०६/१९
    २९. करियर क्याम्प संचालन कार्यविधि, २०७७     २०७७/०६/१९
    ३०. काठमाडौँ  महानगरपालिका महिला उद्यमशिलता अभिबृद्धि कार्यक्रम कार्यविधि ( महिला उद्यमशाला), २०७७     २०७७/०६/१९
    ३१.  इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष सञ्चालन कार्यविधि, २०७८      २०७८/०४/१९
    ३२. काठमाडौँ महानगरपालिका लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७८      २०७८/०४/१९
    ३३.   काठमाडौँ महानगरपालिका छात्रवृत्ति कार्यविधि, २०७८      २०७८/०४/१९
    ३४.  काठमाडौँ महानगरपालिका मानववेचविखन तथा ओसारपसार नियन्त्रण कार्यविधि, २०७८      २०७८/०४/१९
    ३५.  काठमाडौँ महानगरपालिका सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा  सहुलियत कार्यविधि, २०७८      २०७८/०४/१९
    ३६.  काठमाडौँ महानगरपालिका राजस्व छुट मिनाहा सम्बन्धी कार्यविधि, २०७८      २०७८/०४/१९
    ३७.  काठमाडौँ महानगरपालिका नेपाल भाषा प्रशिक्षण व्यवस्था सम्बन्धी  कार्यविधि, २०७७ मा पहिलो शंसोधन २०७८     २०७८/०४/२०
    ३८.  पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि, २०७८     २०७८/०८/०७
    ३९.  संक्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि, २०७८     २०७८/०९/१६
    ४०  अनुगमन तथा मुल्याङ्कन कार्यविधि, २०७९     २०७९/०३/१०
    ४१.   विकास सहायता कार्यविधि, २०७९     २०७९/०५/१२
    ४२.  वडा महिला सञ्जाल कार्यविधि, २०७९     २०७९/०५/१२
    ४३.  घर बहाल व्यवस्था निर्देशिका,२०७९     २०७९/०९/१८
    ४४  मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका, २०७९     २०७९/०९/१८
    ४५ ,  कल सेन्टर (सम्पर्क केन्द्र) सञ्चालन निर्देशिका, २०७९     २०७९/०९/१८
    ४६.  काठमाडौँ महानगरपालिका आय ठेक्का कार्यविधि, २०७९     २०७९/०९/१८
    ४७. पुनर्ताजगी बिदासम्बन्धी कार्यविधि, २०७९     २०७९/०९/१८
    ४८. काठमाडौँ महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७९     २०७९/०७/२९
    ४९ . सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९     २०७९/११/११
    ५०. हाँडीगाउँ संस्कृति संरक्षण अक्षयकोष सञ्चालन कार्यविधि, २०७९     २०७९/११/११
    ५१. मैतीदेवी मन्दिर व्यवस्थापन कार्यविधि, २०७९     २०७९/११/११
    ५२.  वाह्य विज्ञापन नियमन निर्देशिका, २०७९     २०७९/११/११
    ५३.  सुवर्णपुर सम्पदा संरक्षण कार्यविधि, २०८०     २०८०/०२/०१
    ५४ 

     स्वास्थ्य सेवा प्रवर्धन केन्द्र सञ्चालन निर्देशका, २०८०    

    २०८०/०२/०१

                      

  • प्रकाशित मिति सोमबार १६ जेठ २०८० ०३:५८ PM