वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
खर्पन बोक्न नदिने, बोक्नेको खोस्ने आदेश दिइएको छैन — महानगर प्रहरी बल
काठमाडौँ । परम्परागत खर्पनमा रहेको तरकारी नगर प्रहरीले बोकेर पन्छाएको देखिने भिडियो सामाजिक सञ्जालमा पोष्ट भएको विषयमा महानगर प्रहरी बलको ध्यानाकर्षण भएको प्रहरी बलका प्रमुख, नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले बताउनुभएको छ । नगर प्रहरीले सहरी व्यवस्थापनका लागि काम गरिरहेको छ । यस क्रममा सडक अतिक्रमण गर्नेहरुलाई कारवाही गरेको छ । तर, परम्परागत पेशा सञ्चालन गर्नेलाई हटाउने वा अवरोध गर्ने गरिएको छैन । यसप्रकारको नीति पनि छैन । आदेश पनि छैन ।
यति हुँदाहुँदै कार्य क्षेत्रमा खटिएका समयमा नगर प्रहरीले के कति कारणले व्यापारीको खर्पन आफ्नो हातमा लिए । यस सम्बन्धी अध्ययन थालिसकेका छौँ । पाण्डे भन्नुहुन्छ, ‘अध्ययनले देखाउने निचोडका आधारमा गरेको रहेछ भने त्यस्तो गल्ती गर्ने प्रहरीलाई कारवाही गर्छौँ ।’
यसबाट सम्बन्धित पेशाकर्मी तथा परम्परागत व्यवसाय गर्नेहरुमाथि परेको नकारात्मक प्रभावप्रति क्षमा याचना गर्दै पाण्डेले, सहरी व्यवस्थापनका लागि महानगरले सम्पादन गरिरहेको काममा पूर्ववत् सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App