वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिले आजदेखि आर्थिक बर्ष २०८०/०८१ का लागि बजेट तथा कार्यक्रममाथि छलफल सुरु गरेको छ । महानगरका कार्यवाहक प्रमुख एवं समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बालाजु बाइसधारास्थित सभा कक्षमा छलफल थालिएको हो । आजको छलफलमा विषयगत समितिका संयोजकहरु सहभागी हुनुहुन्थ्यो । महानगरमा १३ वटा विषयगत समिति छन् । यी समितिहरु — सुशासन, सामाजिक, पूर्वाधार, वातावरण, सूचना प्रविधि, भवन व्यवस्था, सम्पदा तथा पर्यटन, राजस्व, स्वास्थ्य र शिक्षा, विधायन, विपद व्यवस्थापन, वित्त र सहकारी हुन् ।
आयोग, विभाग, वडा, आयोजना तथा सचिवालयबाट कार्यक्रम संकलन गरिसकिएको छ । ती संरचनाहरुलाई ज्येष्ठ १० गतेभित्रै योजना बुझाउन पत्राचार गरिएको थियो ।
स्थानीय सरकारको बजेट, नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नका लागि प्रमुख अध्यक्ष रहने स्रोत अनुमान निर्धारण समिति रहने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा भएको व्यवस्थाअनुसार यस समितिमा उपप्रमुख र कार्यपालिका सदस्यमध्ये दलित, अल्पसंख्यक पर्ने गरी प्रमुखले तोक्नुभएका ४ जना सदस्य रहनुहुन्छ । समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । समितिले आफूलाई प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण गर्छ । यसबाट सन्तुलित वितरणको खाका र बजेटको सीमा निर्धारण गरिन्छ ।
आन्तरिक आय, राजस्व बाँडफाँडबाट प्राप्त हुने आय, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, आन्तरिक ऋण तथा अन्य आयको प्रक्षेपण गर्ने, राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र स्थानीय आवश्यकतालाई मध्यनजर गरेर प्रक्षेपित स्रोत र साधनको सन्तुलित वितरणको खाका तय गर्ने समितिको काम हो । आगामी आ. व. का लागि स्रोत अनुमानको आधारमा बजेटको कुल सीमा निर्धारण गर्ने, विषय क्षेत्रगत बजेटको सीमा निर्धारण गर्ने, प्राथमिकता र आवश्यकताहरुको प्राथमिकीकरणका आधार तय गर्ने काम समितिका हो । यसरी समितिले निर्धारण गरेको स्रोत अनुमान र बजेटको सीमा प्रमुख प्रशासकीय अधिकृतले चैत १५ गतेभित्र विषयगत संरचनाहरुलाई उपलब्ध गराउनु पर्छ । आयोग, विभाग, महाशाखा, शाखा, आयोजना, एकाइ तथा वडाले यही सीमाका आधारमा योजना, आयोजना, कार्यक्रम तथा बजेट तर्जुमा गरेर कार्यपालिकामा पठाउनुपर्छ ।
यसरी स्रोत अनुमान तथा सीमा निर्धारण समितिले निर्धारण गरेको आयको प्रक्षेपण र वितरणको खाकामा आधारमा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न उपप्रमुखको संयोजकत्वमा समितिको व्यवस्था छ । यो समितिमा विषय वा क्षेत्र हेर्ने कार्यपालिका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनुहुन्छ । योजना विभाग, महाशाखा वा शाखा प्रमुख समितिको सदस्य सचिव रहनुहुन्छ । यही व्यवस्थाबमोजिम महानगरको योजना, अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्रबिलास बज्राचार्य समितिको सदस्य सचिव हुनुहुन्छ ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार पार्ने, बजेट सीमाभित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा छलफल गर्ने व्यवस्था मिलाउने, अन्तिम प्रस्ताव तयार गरेर कार्यपालिकामा पेश गर्ने यो समितिको मुख्य काम हो ।
योजना तथा कार्यक्रममा दोहोरा हुन नदिने, आपसी तादाम्यता तथा परिपूरकता कायम गराउनु समितिको जिम्मेवारी हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App