Logo

बुक फ्रि फ्राइडे : सामुदायिक शिक्षा सुधारको सुखद शुरुवात् — प्रधानाध्यापकहरु

बुक फ्रि फ्राइडे : सामुदायिक शिक्षा सुधारको सुखद शुरुवात् — प्रधानाध्यापकहरु

काठमाडौँ । बुक फ्रि फ्राइडेले सामुदायिक विद्यालयको आकर्षणलाई उच्च स्थानमा पु¥याएको छ । विद्यार्थीहरु शिक्षामा सिप र अतिरिक्त क्रियाकलाप छुटाउनै चाहँदैनन् । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले अनुभव सुनाउँदै भन्नुभयो, ‘यो आकर्षणलाई जोगाइ राख्न विद्यालयहरुले योजनावद्ध काम गर्नुपर्छ । यसका लागि हामी काठमाडौँ महानगरपालिकाले तर्जुमा गरेको कार्यक्रम कार्यान्वयनमा तत्पर छौँ ।’

शिक्षण पद्धति सिर्जनशील, व्यवहारिक, प्रयोगात्मक र वास्तविक भएको छ । सिकेको कुरा विद्यार्थीहरुले सजिलै महसुस गर्न सक्छन । पाठ््यक्रमले निर्धारण गरेको लक्ष्य प्राप्त गर्न पाठ््यसामग्री आफैँ पनि निर्धारण गर्न सकिन्छ । प्रधानाध्यापकहरुले अहिलेसम्मको प्रगति सुनाउँदै भन्नुभयो, ‘अन्य दिनभन्दा शुक्रबार प्रभावकारी भएको छ । अब शुक्रबार जस्तै हरेक दिन विद्यार्थीहरु विद्यालय आउन उत्सुक हुने क्रियाकलाप चलाउने योजना गर्नुपर्छ ।’

अन्तरक्रियामा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले, समाजक विकासको दिशा निर्धारण गर्ने शिक्षा पद्धतिको सामयिक रुपान्तरणका लागि महानगरले विद्यालयहरुलाई सहयोग गर्ने बताउनुभयो । 

महानगरको प्रविधिमैत्री र नवप्रवर्तनमा आधारित शिक्षा नीतिका विषयमा कुरा गर्दै प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, माध्यमिक शिक्षा उत्तीर्ण गर्ने विद्यार्थीले जीवनउपयोगी कम्तीमा कुनै एक सिपयुक्त बनाउने बताउनुभयो । 

शिक्षा विभागका प्रमुख सीताराम कोइरालाकाअनुसार अन्तरक्रियात्मक छलफलमा प्रधानाध्यापकहरुलाई विद्यालयको अहिलेको अवस्था, शैक्षिक क्रियाकलाप सञ्चालन गर्न देखिएका चुनौती र समाधानका उपाय के हुन सक्छन्? टिपोट गर्न लगाइएको थियो । यसपछि विद्यालयको अनुगमन निरीक्षणमा जाँदा यही टिपोट लिएर जाने, यसैका आधारमा अनुगमन गर्ने योजना रहेको कोइरालाको भनाइ थियो । 

त्यस क्रममा दिवा खाजा, छात्राहरुको सेनिटरी प्याडको उपलब्धता र त्यसको वैज्ञानिक व्यवस्थापनका विषयमा छलफल भएको थियो ।   

 

  • प्रकाशित मिति: सोमबार २९ ेठ २०८० २०:४२