वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
दोस्रो वडाध्यक्ष कप भेट्रान फुटबल खेल सुरु
काठमाडौँ । चावहिल गणेशस्थान चौरमा आजदेखि दोस्रो वडाध्यक्ष कप भेट्रान फुटबल खेल सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ ले आयोजना गरेको प्रतियोगितालाई चावहिल स्पोटस क्लब र चारुमती युवा क्लवले प्राविधिक सहयोग गरेका छन् । चावहिल भेट्रान र कपन भेट्रानबिच पहिलो खेल भएको हो ।
खेल सुरु गर्दै वडा ७ का अध्यक्ष बिमलकुमार होडाले, समाज, टोल र समुदायका बिचमा आत्मीयता बढाउन खेलले मद्दत गर्ने बताउनुभयो ।
व्यक्तिमा भएको उर्जालाई सकारात्मक काममा लगाउन खेलको भूमिका रहने बताउँदै नगर सभाअन्तर्गतको विधायन समितिका संयोजक रुपा थापा क्षेत्रीले समुदायको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो ।
वडा सदस्य एवं खेलका संयोजक सुरेश शाहीका अनुसार खेलका लागि नवलपरासीबाट २ टोली, बनेपाबाट १, हेटौडाबाट १ र चितवनबाट १ गरी बाहिरी जिल्लाबाट ५ टोलीको सहभागिता छ ।
नकआउटका आधारमा खेलाइने खेल हरेक दिन विहान ८ बजेदेखि निरन्तर २ खेल र बेलुका ४ बजेदेखि एउटा खेल खेलाइनेछ । असार ४ गते खेलको अन्तिम प्रतिस्पर्धा हुनेछ ।
खेलका विजेतालाई नगद १ लाख रुपैयाँसहित ट्रफी र उपविजेतालाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । यस्तै स्ट्राइकर, किपर, डिफेन्सरलगायत विभिन्न विधामा खेलाडीलाई नगद ५ हजारसहित पुरस्कृत गरिनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App