विद्यार्थी भर्ना लक्षित शैक्षिक मेला महानगरले बन्द गरायो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा चलेको शैक्षिक मेला ९एडु फेयर० बन्द गराएको छ । एसइई र कक्षा १२ को परीक्षाफल कुरेर बसिरहेका बालबालिका लक्षित मेलामा विद्यार्थीहरुको व्यक्तिगत विवरण टिप्ने, शैक्षिक प्रतिष्ठानका विषयमा जानकारी दिने लगायत काम भइरहेको थियो । फेयरमा आएका विद्यार्थी तथा अभिभावकहरुलाई, विवरण टिपाए छात्रवृत्ति उपलब्ध गराउने लोभ देखाइँदै थियो ।
मेला स्थलमा शिक्षण स्थलका नाममा पढाइ हुने विषयहरुको बोर्ड राखेर सजावट गरिएको थियो ।
शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार भर्ना अवधि सुरु हुनु अगाडि विद्यार्थीहरुलाई प्रभाव पार्ने यस खालका क्रियाकलाप गराउन कानुनले निषेध गरेको छ । निषेधित काम प्रवर्धन हुने गरी सञ्चालन गरिएको फेयर बन्द गराइएको कोइरालाले जानकारी दिनुभयो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेला स्थलमा गएर क्रियाकलाप बन्द गराउनुभएको हो ।