Logo
  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • इ.स.: 2026 June 21,SUNDAY

  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • ल्याण्डफिल साइटमा पुर्‍याइएका मानव कंकाल फिर्ता पठाइदिन विभागको पत्र

    ल्याण्डफिल साइटमा पुर्‍याइएका मानव कंकाल फिर्ता पठाइदिन विभागको पत्र

    काठमाडौँ । ल्याण्डफिल साइटमा पुर्‍याइएका मानव हड्डीहरु फिर्ता पठाइदिन त्रिभुवन विश्वविद्यालय, महाराजगञ्ज मेडिकल क्याम्पस फोरन्सिक मेडिसिन विभागले काठमाडौँ महानगरपालिकालाई पत्र पठाएको छ । विभागका प्रमुख डा. गोपालकुमार चौधरले पठाउनुभएको पत्रमा भनिएको छ । ‘पोष्टमार्टम कक्षबाट संकलन भएको फोहोर व्यवस्थापन गर्ने क्रममा पठन पाठनका लागि राखिएका पुराना हड्डीहरु भूलवश फोहोरसँगै गएको हुँदा सोही व्यहोरा जानकारी गराउँदै उक्त अध्ययन सामग्री यस विभागमा फिर्ता पठाइदिनुहुन विनम्र अनुरोध गरिएको छ ।’ 

    फोहोर ढुवानीका विषयमा सोधपुछ गर्न वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ क्याम्पस पुग्नुभएको थियो । 

    ज्येष्ठ २० गते निजी क्षेत्रको फोहोर संकलन गर्ने गाडीले बाकसमा कपडाले बेरेको अवस्थामा मानव हड्डी, खप्पर साइटमा लगेका थिए । 

    फोहोर बोक्ने गाडीले बोकेको फोहोरको प्रकृतिमाथि महानगरले नियमित निगरानी गर्ने गरेको छ । साइटमा संक्रामक फोहोर, मृत जीव जनावर तथा हानीकारक फोहोर लैजानेलाई नियन्त्रणमा लिएर लगिएको फोहोर फिर्ता गराउने र जरिवाना तिराउने गरिएको छ ।   

     

  • प्रकाशित मिति सोमबार ५ असर २०८० ०२:१५ PM