आर्थिक विधेयकको प्रस्तावमाथि राजस्व परामर्श समितिमा छलफल
काठमाडौँ । आ. व. २०८०/०८१ का लागि नगर सभामा पेश हुने आर्थिक विधेयकको प्रस्तावमाथि राजस्व परामर्श समितिमा छलफल भइरहेको छ । महानगरकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा रहेको समितिले प्रस्तावमाथि दफावार छलफल गरिरहेको छ ।
सभामा पेश हुने आर्थिक विधेयकले राजस्वका दररेटलगायत आय सम्बन्धी व्यवस्था गर्छ । यससँगै पेश हुने विनियोजन विधेयकले खर्चका क्षेत्रहरु निर्धारण गर्छ ।
यस बर्ष असार ६ गते नगर सभाको १३ औँ अधिवेशन सुरु हुँदैछ । यस दिन आ. व. २०८०/०८१ का लागि नीति र १० गते बजेट तथा कार्यक्रमको प्रस्ताव पेश हुँदैछ ।