वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
५०४ मध्ये ४६५ निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाए : १३ हजार विद्यार्थी लाभान्वित
काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ वटा निजी विद्यालयमध्ये ४६५ वटाले छात्रवृत्ति विवरण बुझाएका छन । निजी विद्यालयहरुले विवरण बुझाएको महानगरको इतिहासमा यो पहिलो पटक हो । विवरण नबुझाउँदा लक्षित बर्गका विद्यार्थीहरुले कानुनले तोकेको छात्रवृत्ति सम्बन्धी सुविधा प्राप्त गरे नगरेको भन्न कठिन थियो । सार्वजनिक सूचनामार्फत विवरण माग गरिएपछि विवरण प्राप्त भयो । त्यसबाट लक्षित वर्गका १३ हजार जनाभन्दा बढी विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका छन् । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘प्राप्त विवरणमाथि निरीक्षण गरी यस सम्बन्धी सूची प्रकाशित गरिनेछ ।’
विवरण नपठाउने विद्यालयका सन्दर्भमा प्रतिक्रिया दिँदै प्रमुख शाह भन्नुहुन्छ, ‘हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइनेछ । त्यसपछि पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।’
विद्यमान कानुनी प्रवन्ध कार्यान्वयनबाट यत्ति धेरै संख्यामा विद्यार्थीले छात्रवृत्ति पाएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाह भन्नुहुन्छ, ‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App