वि.सं.: २०८२, कात्तिक १४ शुक्रबार
इ.स.: 2025 October 31, FRIDAY
वि.सं.: २०८२, कात्तिक १४ शुक्रबार
प्रमुख शाहबाट आ. व. २०८०/०८१ को वार्षिक नीति कार्यक्रम नगर सभामा पेश
 
                        असार ६ काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नगर सभाको १३ औँ अधिवेशनमा आ. व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । अधिवेशनको पहिलो बैठकमा प्रमुख शाहले, चाल आर्थिक बर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्नुभएको छ । संरचनागत, नीतिगत, प्रशानिक, कानुनी अभ्यास महानगरको दिगो विकास र व्यवस्थापन सुव्यवस्थापन र सुशासन लगायत विधा प्रगति भएको उहाँले बताउनुभयो । शिक्षामा सिप, स्थानीय भाषाको पठनपाठनलाई निरन्तरता, १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण, २५ वटा पार्क निर्माण, १ हजार ७०० सडक बत्ती जडान, १ हजार ५ सय मिटर पैदल मार्ग निर्माण, ४२ किलोमिटर सडक कालोपत्रे गर्ने लगायत काम चालु आर्थिक बर्षका प्रगति हुन् ।

३० ट्रक अव्यवस्थित तार व्यवस्थापन भयो । ३० हजार ४०७ जनालाई कल सेन्टरमार्फत गुनासो टिपिएकोमा १ हजार ६५२ जनाको गुनासो समाधान भएको छ । ७ हजार ६ सय व्यक्तिलाई निःशुल्क कानुनी परामर्श दिइएको छ । 
स्वास्थ्य र शिक्षालाई पहुँचयुक्त बनाउन प्रचलित कानुनलाई कार्यान्वयन गराएर लक्षित बर्गमा सेवा लगिएको, विद्युतीय नक्सा पास प्रणालीलाई डिजिटल सिग्नेचरसहित पूर्ण अनलाइन गरिएको, राजस्व भुक्तानी प्रणालीलाई प्रयोगकर्तामैत्री बनाइएको छ ।
प्रमुख शाहले चालु आर्थिक बर्षका नीति संक्षेपका विषयमा भन्नुभयो, ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ दीर्घकालीन सोच हो । यसमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थाका योजना तयार पारिएका छन् । एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन लगायत विषय छन् ।
कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्म निर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्टाखुल्टीरहित बनाउने, कम्तीमा १ लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन् ।
वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ् गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने ३ बर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने नीतिका मुख्य विषय हुन् ।
सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति, सम्पदा तथा पर्यटन, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, राजस्व तता वित्त    व्यवस्थापन, सहरी यातायात, कानुन तथा मानव अधिकार, कृषि तथा पशुपंक्षी, सामाजिक विकास, खेलकुद, सहकारी, अन्तरराष्ट्रिय सम्बन्ध, विपद व्यवस्थापन, सहरी विकास तथा भवन मापदण्ड, सार्वजनिक निजी साझेदारी, सूचना तथा प्रविधि, हरियाली प्रवर्धन आयोजना, सहरी योजना आयोग सम्बन्धी कार्यनीति पेश भएका छन् ।   
‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौँ’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर, मेरो महानगर’ यस बर्षको कार्यनीतिमा समेटिएका छन् । यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ्’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर ’, ‘मिसन २१००’ कार्य नीति छन् ।
आजको सभामा पेश भएको समीक्षा, आगामी बर्षको नीति कार्यक्रम तथा कार्यनीतिका विषयमा असार ८ गते बोलाइएको १३ औँ अधिवेशनको दोस्रो बैठकमा नगर सभाका सदस्यहरुले धारणा राख्ने कार्यक्रम छ ।
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App