वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
प्रमुख शाह महानगर विश्व संघको सञ्चालक समिति सदस्यमा निर्वाचित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) महानगर विश्व संघ (वल्र्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिस, (महानगर) को सञ्चालक समितिको सदस्य पदमा निर्वाचित हुनुभएको छ । संघका महासचिव जोडी वाकरले प्रमुख शाहलाई पत्र पठाउँदै २०२४ देखि २०२६ सम्मको कार्यकालका लागि निर्वाचित भएको खबर दिनुभएको हो । कार्यकाल सन् २०२४ को जनवरी महिनाबाट सुरु हुनेछ ।
सञ्चालक समिति संघको प्रमुख व्यवस्थापकीय अङ्ग हो । सदस्यहरूको महासभाले तोकेको दिशा निर्देश पूरा गर्नु यसको मुख्य जिम्मेवारी हुन्छ । रणनीतिक अभिमुखीकरणको विकास र महानगरका लक्ष्यको विकास तथा उपलब्धीका लागि आवश्यक निर्णय गर्नु यसको काम हो ।
पत्रमा भनिएको छ, ‘म तपाइँको भूमिकाका बारे थप जानकारी प्रदान गर्न, आगामी वर्षहरुका लागि तपाईँको संस्थाका प्राथमिकताका बारेमा जान्न र महानगरको रणनीतिक दिशासँग जोड्ने तरिकाका बारेमा जान्नका लागि तपाईँको टोलीसँग एक छोटो बैठकको प्रस्ताव गर्न चाहन्छु । तपाईँको वैधानिक भूमिकाको अवधिमा हामी महानगरमा संयुक्त कामहरु गर्न सक्छौँ ।’
ठूला सहरी समूहको यो संघले सरकारहरूलाई भेला गरेर महानगरको दिगो र समान विकास तथा उत्थानशील समाज रूपान्तरणका लागि रणनीतिक योजना तर्जुमा गर्छ । यसले महानगरीय प्रशासनसँग विश्वव्यापी विज्ञता, स्थानीय र विश्वव्यापी मुद्दालाई वृहत दायरामा जोड्छ । अनुभवहरू साटासाटको अवसर उपलब्ध गराउँछ ।
यसका १४० भन्दा धेरै ठूला महानगरपालिका सदस्य छन् । दक्षिण एशियाली मुलुकका ८० वटा सहर यसका सदस्य हुन् । ल्याटिन अमेरिका र क्यारेवियन मुलुकबाट २० वटा, उत्तर अमेरिकाका ७ वटा, यरोपका १८ वटा र अफ्रिकाका २५ वटा सहर सदस्य छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App