वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
विपत प्रतिकार्यका लागि कृतिम अभ्यास
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझेदारहरुलाई संयोजन गर्दै विपद प्रतिकार्य कृतिम अभ्यास सम्पन्न गरेको छ । अभ्यासमा अति प्रज्वलनशील पदार्थ (इन्धन) मा लागेको, घर तथा भवनमा लागेको आगो, निभाउने, आगलागीमा फसेका तथा घाइते भएका व्यक्तिलाई उद्धार गर्ने, प्राथमिक उपचार गर्ने, थप उपचारका लागि अस्पताल लैजाने, अग्ला भवनको आगो नियन्त्रण गर्ने, सडक दुर्घटनामा परेर सवारी साधनमा च्यापिएको व्यक्तिलाई उद्धार गर्ने, उपचार गराउने लगायत क्रियाकलाप गरिएको थियो । आगो निभाउन दमकल, सडक दुर्घटनामा व्यक्तिको उद्धार गर्न रेस्क्यु ट्रक, एम्बुलेन्सलगायत साधन तथा उपकरण प्रयोग गरिएको थियो । यस्तै समुदाय स्तरमा भएका स्वयमसेवकहरुको परिचालन कसरी हुन्छ? अभ्यासमा समेटिएको थियो ।
अभ्यासलाई बारुण यन्त्र कार्यालयले नेतृत्व गरेको थियो । यसमा सुरक्षा निकाय (नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी), उपत्यकाका बारुण यन्त्र कार्यालयहरु, नेपाल रेडक्रस सोसाइटी, नेपाल एम्बुलेन्स सेवा सहित निकाय तथा कार्यालयहरुबाट जनशक्ति, साधन र उपकरण परिचालन गरिएको थियो ।
कार्यक्रममा महानगरका प्रवक्ता नविन मानन्धरले, विपदअघि पूर्वानुमान गरेर सम्भावित जोखिमको पूर्वतयारीका लागि महानगरले लगानी बढाउँदै लगेको बताउनुभयो । वडास्तरीय समिति गठन गर्ने, समुदाय स्तरीय अभ्यास तथा क्षमता विकासका काम गर्ने, व्यवस्थापनका लागि आवश्यक पूर्वाधारमा लगानी बढाउने हाम्र्रा प्राथमिक काम हुन् । उहाँको भनाइ थियो ।
मानवीय आचरणका कारण आगलागी जस्ता विपतले ठूलो समस्या निम्त्याउँछ । परेर क्षति न्युनीकरणका लागि काम गर्नुभन्दा आचरणमा ख्याल गरेर जोखिम हुनै नदिनु महत्वपूर्ण काम हो । कार्यक्रममा विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भन्नुभयो, हेर्दा सामान्य देखिने घटनाले पीडामा परेको व्यक्तिमा ठूलो चोट दिएको हुन्छ । यो चोट अरुले पनि महसुस गर्न सक्ने हो भने प्रतिकार्यका कार्यक्रम चलाउन सहज हुनेछ ।
घरबाट सुरु हुने जागरुकताबाट नतिजा ल्याउन सकिन्छ । त्यसैले विपदका प्रकृति, यसको क्षति, जोखिमबाट जोगिने तरिकालाई घरघरमा सिकाउनु पर्छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नूरनिधि न्यौपानेले भन्नुभयो, सचेत भए मात्र सम्भावित क्षतिका लागि प्रयोग हुने ठूलो खर्च जोगिन्छ । व्यक्तिको जीवन र सम्पत्ति जोगिन्छ ।
अभ्यासबाट जनशक्तिहरुमा जिम्मेवारीप्रति थप उर्जा मिलेको महसुस भएको छ । कार्यक्रम सकिएपछि नतिजाका बारेमा प्रतिक्रिया दिँदै बारुण यन्त्र कार्यालयका प्रमुख नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले समुदाय स्तरमा यस्ता अभ्यास बढाउँदै लैजाने योजना रहेको बताउनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App