वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
आदेशको श्रृङ्खला र आचरणका विषयमा नगर प्रहरीलाई ब्रिफिङ्
काठमाडौँ । आदेशको श्रृङ्खला र आचरणका विषयमा नगर प्रहरीलाई व्रिफिङ् गरिएको छ । सहरी व्यवस्थापनका क्रममा व्यापारीहरुसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेकोले महानगर प्रहरी बलले निर्देशनात्मक व्रिफिङ् गरेको हो । यसका लागि सबै क्षेत्रबाट कमाण्डरसहित नगर प्रहरीहरुलाई राष्ट्रिय सभा गृहमा भेला गरिएको थियो ।
व्रिफिङ्का क्रममा बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो, ‘सहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकलाई नजिकबाट नियालिरहेका हुन्छन् । सडक व्यापारीको सामान पोखिने गरी कारवाही गरेको जस्ता विषयमा गुनासा आएका छन् । सामान पोखिने गरी कारवाही नगर्नू । नागरिकसँग आदरार्थी शव्दको प्रयोग गरेर बोल्नु ।’
‘कानुनको परिपालना गर्ने गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेश सृङ्खलाको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी हुन् । यसलाई पालना गर्नू ।’ पाण्डेको भनाइ थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App