वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
कक्षा ११ का लागि छात्रवृत्तिमा आवेदन खुल्यो : साउन १२ गतेसम्म म्याद
काठमाडौँ । कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुलाएको छ । http://entrance.kathmandu.gov.np/ वेभ ठेगानामा गएर आवेदन भर्न सकिनेछ । आज विहान १० बजेबाट खुला भएको अनलाइन प्रणालीमा साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिनेछ । आवेदकमध्येबाट छात्रवृत्तिका लागि विद्यार्थी छान्न परीक्षा लिइनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछन् । परीक्षा साउन २० गते विहान ११ बजेदेखि हुनेछ ।
आवेदक विद्यार्थीले सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्दछ । संस्थागत (निजी) विद्यालयबाट एसईई उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति पाउन शिफारिस गर्नुपर्छ । यी दुवै कागजपत्रका ढाँचा अनलाइनमा अनुसूची १ र २ गरेर राखिएका छन् ।
अनलाइनमा भरेका विवरण आफैँले हेर्न र सच्याउन मिल्ने गरी राखिएको छ ।
यस अघि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्ति सम्बन्धी प्रक्रियामा काम गरिएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App