Logo
  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • इ.स.: 2026 June 21,SUNDAY

  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • महिलालाई साइकल चलाउन सिकाउने प्रशिक्षण उत्साहजनक — उपप्रमुख डंगोल

    महिलालाई साइकल चलाउन सिकाउने प्रशिक्षण उत्साहजनक — उपप्रमुख डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ ले सञ्चालन गरेको महिलाहरुलाई साइकल चलाउन सिकाउने प्रशिक्षण उत्साहजनक भएको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । स्वयम्भू भुइँखेलमा पाका उमेरका महिलाहरु भेला भएर साइकल चलाएको अवलोकन गर्दै उहाँले, साइकल चलाउन सक्ने भएपछि आमा हजुरआमाहरुले नजिकैको कुनै काममा जानु परे छोरा, वुहारी, नाति या नातिनी गुहार्नु नपर्ने अवस्था भएको बताउनुभयो । ‘काठमाडौँमा साइकल चलाउन सिकाउने प्रशिक्षण भन्दा या सुन्दा चाहिएला र जस्तो लाग्न सक्छ । तर, आमा र हजुरआमा समूहका महिलालाई जरुरी छ । साइकल मात्र गुडाउन सक्ने भएपछि उहाँहरुको जीवनशैली नै रुपान्तरण हुन्छ । लैङ्गिकमैत्री समाज निर्माणका लागि यो जरुरी छ ।’ 

    प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीको आकर्षण बढ्दै गएको छ । २५ जनाबाट सुरु भएको प्रशिक्षणको पहिलो चरणमा ५५ जना पुग्नु भएको छ । कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनका अनुसार आउँदो हप्ता पहिलो चरणको कार्यक्रम सम्पन्न हुँदैछ । त्यसपछि अर्को समूहलाई प्रशिक्षण दिने तयारी गर्दैछौँ । 

    ‘स्वस्थ्य रहौँ, साइकल चलाऔँ’ नारा राखेर प्रशिक्षण सुरु भएको हो । 

    उपप्रमुख डंगोलकाअनुसार महिलाको शसक्तिकरण, सिप विकास, क्षमता विकासका कार्यक्रमबाट समावेशी सहर निर्माण गर्ने लक्ष्य हासिल गरिनेछ । यसका लागि हरेक व्यक्तिले लैङ्गिकमैत्री समाज निर्माणका आफ्ना आफ्ना ठाउँबाट केही न केही योगदान गर्न सक्छन् । ती व्यक्तिगत तथा संस्थागत प्रयासलाई महानगरले टेवा दिनेछ । 

     

     

  • प्रकाशित मिति बिहीबार १२ साउन २०८० ०३:२६ PM