वि.सं.: २०८२, कात्तिक २८ शुक्रबार
इ.स.: 2025 November 14, FRIDAY
वि.सं.: २०८२, कात्तिक २८ शुक्रबार
महाङ्काल मन्दिरमा टेका लगाइसकिएको छ, चाँडै पुनर्स्थापना हुनेछ — उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सवारी दुर्घटनामा क्षति पुगेको टुँडिखेल छेउको महाङ्काल मन्दिर निरीक्षण अवलोकन गर्नु भएको छ । गए राती ना. २ क ४० नं. को पानी बोक्ने ट्याङ्करको ठक्करबाट मन्दिरको नयाँ सडकतर्फको कुनामा क्षति पुगेको छ । उहाँसँगै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, कार्यपालिका सदस्य तथा वडाका जनप्रतिनिधि, सम्पदा तथा पर्यटन विभागका अधिकारी, पुरातत्व विभाग, गुठी सस्थानका प्रतिनिधि र स्थानीयका साथ सहभागी हुनुहुन्थ्यो ।
निरीक्षणका क्रममा उपप्रमुख डंगोलले मन्दिरका गुर्जु (पुजारी) उज्वल बज्राचार्यसहित स्थानीयबासीसँग घटनाका विषयमा सोधपुछ गर्नुभएको थियो । निरीक्षणमा सहभागी जनप्रतिनिधि तथा सदस्य र इञ्जिनियरहरुसँग छलफल गरेपछि उहाँले मन्दिरमा थप क्षति हुन नदिन तत्काल टेका लगाउन, पानीबाट बचाउन पालले छोप्न निर्देशन दिनुभयो ।
यसको पुनस्र्थापनाका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘यसलाई तत्काल पुनस्र्थापना गरेर थप क्षति हुन नदिनु अबको काम हो । पुरातत्व विभाग, गुठी संस्थान, सम्पदा क्षेत्रका विज्ञ, स्थानीय र सरोकारवालासँगको सुझाव र प्राविधिक अवस्थाका आधारमा मन्दिरमा क्षति पुगेको भागको पुनस्र्थापना गरिनेछ ।’
घटनाका विषयमा प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘दुर्घटना हुनु, क्षति हुनु दुवै सुखद खबर होइनन् । यद्यपि परेपछि यस्ता घटना व्यहोर्नुको विकल्प हुँदैन । तर, स्मरणीय कुरा चाहिँ के हो भने हाम्रा केही सावधानीले सम्भावित ठूला दुर्घटना र समस्याबाट बच्न सकिन्छ । महानगरले यस दिशामा सोच राख्नेछ ।’
निरीक्षणपछि उपप्रमुखको अध्यक्षतामा बसेको सरोकारवालाको बैठक बसेको थियो । सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यकाअनुसार मन्दिरको मर्मत सम्भार लागि वडाले खर्च बताएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App