वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
सेवा केन्द्रले भोग गरिरहेको जग्गा वडालाई फिर्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १० बानेश्वरमा महिला आदर्श सेवा केन्द्रले भोग गरिरहेको जग्गा वडा कार्यालयलाई फिर्ता गरेको छ । आज भवन परिसरमा आयोजना गरिएको जग्गा हस्तान्तरण तथा पत्रकार सम्मेलनमा केन्द्रका पूर्व अध्यक्ष सूर्यकुमारी श्रेष्ठले वडा १० का अध्यक्ष एवं महानगरको सामाजिक समितिका संयोजक रामकुमार के. सी. लाई जग्गा सम्बन्धी फाइल हस्तान्तरण गर्नुभएको हो ।
फाइल ग्रहण गर्दै वडाध्यक्ष के. सी. ले, यस ठाउँमा पार्क निर्माणका लागि वडाले विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको जानकारी दिनुभयो । ‘यहाँ पार्क बनाउन करिब ५० लाख रुपैयाँ विनियोजन भइसकेको छ । यसलाई सबैले मेरा लागि हो भन्ने महसुस हुने गरी पार्क बनाउनेछौँ ।’ सार्वजनिक जग्गा संरक्षण र उपयोगका विषयलाई महानगरले प्राथमिक योजनामा राखेको बताउँदै वडाध्यक्ष के. सी. ले भन्नुभयो, ‘वडाले सार्वजनिक जग्गा व्यक्तिगत लाभमा दिन त परै जाओस्, यस विषयमा कल्पना पनि गर्दैन । यति गर्दागर्दै पनि हामी गलत सूचनाबाट शिकार भएका छौँ । मेरो आग्रह छ, सूचना लिँदा दिँदा लहडलाई होइन, सत्यतालाई पछ्याउनु पर्छ ।’
त्यस क्रममा केन्द्रका पूर्वअध्यक्ष श्रेष्ठले, वडाको निर्णयबाट ४० बर्षअघि प्राप्त गरेको जग्गा वडालाई नै फिर्ता गरेकामा खुशी लागेको बताउनुभयो । ‘जग्गामा भएको भवन र सेवालाई व्यवस्थापन गर्न वडाबाट केही म्याद प्राप्त हुने आशा गरेका छौँ ।’ उहाँको भनाइ थियो ।
यस जग्गामा केदारेश्वर महादेव मन्दिर छ । वडा सदस्य सतिश तण्डुृकारका अनुसार भएको जग्गामध्ये केही जग्गा सडक परेको छ । सडक निर्माण गर्दा मन्दिर केही भित्र सारिएको थियो । अहिले करिब १ रोपनी जग्गा बाँकी छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App