प्रमुख शाहलाई विद्यावारिधिका लागि फेलोसिप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यावारिधि गर्ने हुनुभएको छ । यसका लागि काठमाडौँ विश्वविद्यालयले फेलोसिप प्रदान गरेको छ । उहाँको अध्ययन विश्वविद्यालयको सिभिल इञ्जिनियरिङ् विभागमा हुनेछ ।
शाहmले ‘पर्यटन र अर्थतन्त्रको प्रवर्धनका लागि नेवा सम्पदा संरक्षण’ विषयलाई शोधको विषय छान्नु भएको छ ।