वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
छात्रवृत्ति परीक्षाको अन्तिम नतिजा र अध्ययन गर्न पाउने विद्यालयको नाम एकै पटक प्रकाशन हुने
काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुले कुन विद्यालयमा अध्ययन गर्न पाउने भन्ने सूचना अन्तिम नतिजासँगै प्रकाशन हुने शिक्षा विभागले जानकारी दिएको छ । परीक्षाको आज प्रारम्भिक नतिजा प्रकाशन भएको छ । यसमा प्राप्त भएको अङ्कमा कसैलाई चित्त नबुझे पुनर्योगका लागि आज र भोलि (साउन २१ र २२) गते २ दिन समय दिइएको छ । यसपछि अन्तिम नतिजा प्रकाशन हुनेछ ।

अन्तिम नतिजासँगै विद्यार्थीलाई योग्यता क्रमका आधारमा आफूले चाहेको विद्यालय र विषय रोज्न अवसर प्रदान गरिनेछ । यसमा दिइने १० वटा शिक्षण संस्थामध्ये उपलब्ध कोटा, योग्यता क्रम र विद्यार्थीहरुको चापका आधारमा भर्ना पाइनेछ । महानगरपालिकाभित्र छात्रवृत्ति प्रदान गर्ने १६६ वटा उच्च माध्यमिक विद्यालय छन् ।
शिक्षा अधिकारी सीताराम कोइराला भन्नुहुन्छ, ‘हामीले प्रविधिको प्रयोग गरेर तत्काल प्रक्रिया सकिने र भएका निर्णय तत्काल विद्यार्थी तथा अभिभावकको सूचना पहुँचमा पुग्ने गरी काम गरिरहेका छौँ । प्रारम्भिक नतिजा आएपछि धेरै विद्यार्थीहरुले मैले कुन विद्यालयमा भर्ना पाउँछु भनेर सोधिरहनु भएको छ । उहाँहरुले पुनर्योगको समय सकिएपछि प्रणालीबाट आवश्यक थप जानकारी पाउनु हुनेछ ।’
पुनर्योगका लागि विद्यार्थीहरुले एनआइसी बैङ्कको राजस्व खाता नं. ००१२०५००६१४७५०३८ मा १ हजार रुपैयाँ राजस्व बुझाएको सक्कल भौचारसहित निवेदन दिनुपर्छ ।
प्रवेश परीक्षामा ५ हजार १६२ जना विद्यार्थी सहभागी हुनुभएको थियो । उहाँहरुमध्ये ३ हजार ३१ जना छात्र र १ हजार ५१९ जना छात्रा गरी ४ हजार ५५० जनाको नाम प्रारम्भिक नतिजाको एकमुष्ठ योग्यता क्रममा प्रकाशित भएको छ ।
समूहगत नतिजाअन्तर्गत विज्ञान विषयका लागि १ हजार १०४ जना छात्रा र २ हजार ३८८ गरी ३ हजार ४९२ जना विद्यार्थीहरु योग्यता क्रम परेका छन् । विद्यार्थीहरुको धेरै चाप भएको विषय पनि यही हो । दोस्रो धेरै चाप भएको विषय व्यवस्थापनमा ३१५ जना छात्रा र ५५२ जना छात्र गरी ८६७ जना परेका छन् ।
प्राविधिक विषयतर्फ ७३ जना छात्रा र ५७ जना छात्र गरी १३० जना, कानुनमा २३ जना छात्रा र २९ जना छात्र गरी ५२ जना, मानविकीमा १ जना छात्रा र ३ जना छात्र गरी ४ जना, शिक्षामा ३ जना छात्रा र २ जना छात्र गरी ५ जनाको नाम छ ।
छात्रवृत्तिका लागि आवेदन दिनेमध्ये ६ हजार १७ जनाको आवेदन स्वीकृत भएको थियो ।
छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइनेछ । दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App