वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
सामुदायिक विद्यालयमा रोवोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन टेक्नोलोजी र कोडिङ् सम्बन्धी अभिमुखीकरण
काठमाडौँ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई काठमाडौँ महानगरपालिकाले रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ्को विषयमा अभिमुखीकरण थालेको छ । आज भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण सम्पन्न गरियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइयो ।
विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । त्यसैले यसप्रकारको अभिमुखीकरण परीक्षापछिको समयमा प्रदान गरिएको हो ।
‘आज विज्ञान र प्रविधिमा आधारित जीवन शैली सञ्चालन भइरहेको छ । यसका विषयमा विद्यालय उमेरमा सिकाउन सकिएन भने विद्यार्थीहरु एक पुस्ता पछाडि पर्छन् । यसकारण पुस्तकमा भएको साध्य (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गर्न पाउने वातावरण तयार गरेका हौँ ।’ कार्यक्रमका विषयमा सहायक विज्ञ शैलेन्द्र झाले जानकारी दिनुभयो ।
झाका अनुसार आजको कक्षामा विद्यार्थीहरुलाई विभिन्न पक्षमा जानकारी, सम्भावना र प्रतिस्पर्धी समयमा यसको प्रयोगका विषयमा जानकारी दियौँ । आजको कक्षाका आधारमा विद्यार्थीहरुले आफ्नो रुचिको विषयमा नाम टिपाउँछन् । यसरी प्राप्त भएका नामका आधारमा कक्षा सञ्चालन हुनेछ ।
महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने सिपमा शिक्षा कार्यक्रमको अर्को सत्र सञ्चालन तयारीमा छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App