वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
२,३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्टमा, भर्नाको पहिलो सूची प्रकाशन
काठमाडौँ । कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ । आज काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले वेभसाइटमा सूची सार्वजनिक गरेको हो ।
म्याचिङ् लिष्टमा विज्ञान विषयका लागि १ हजार ४५२ जना, व्यवस्थापन विषयका लागि ७४५ जना, कानुनमा लागि ४३ जना, मानविकीका लागि ४ जना, शिक्षाका लागि ५ जना, सिभिल इञ्जिनियरिङ्का लागि ४९ जना, कम्प्युटरका लागि १८ जना, इलेक्ट्रिकलका लागि ११ जनाको नाम समावेश छ । यीमध्ये प्राविधिक धार (सिभिल इञ्जिनियरिङ्, कम्प्युटर, इलेक्ट्रिकल) का विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराइनेछ । कम्प्युटर विषयमा १८ जना (शिवपुरी मा. वि., महाराजगञ्ज ८ जना र सरस्वती निकेतन मा. वि., ब्रह्मटोल (कम्प्युटर १० जना), सिभिल इञ्जिनियरिङ्मा ४९ जना (ज्ञानोदय सेकेण्डरी स्कूल, बाफल १२ जना, पद्मकन्या मा. वि., डिल्लीबजार २० जना र महेन्द्र राष्ट्रिय मा. वि., बालुवाटार, १७ जना) र इलेक्ट्रिकल ११ (विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर) जनाले भर्ना पाउनेछन् ।
साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका विषय तथा शिक्षण संस्थाका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु पनि शिफारिस गरिएका छन् । प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं., अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं., श्रेणी (र्याङ्क), प्राथमिकता आदेश (प्राइरोटी आर्डर) समावेश गरिएको छ ।
यसैगरी क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ । छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको छ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानेर सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइएको छ । दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति प्रदान गरिएको छ । यसलाई क्याटागोरी शीर्षकमा उल्लेख गरिएको छ ।
आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यमिक तहसम्मको शैक्षिक अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्य राखेर छात्रवृत्ति प्रदान गर्ने प्रणालीलाई संस्थागत गरिएको हो । नतिजा प्रकाशनपछिको संक्षिप्त प्रतिक्रियामा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, परीक्षालाई मर्यादित, निष्पक्ष र सन्तुलित बनाउन प्रविधिमा आधारित परीक्षा र नतिजा प्रकाशन गरिएको बताउनुभयो ।
पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । यसअवधिमा भर्ना नभए अरु विद्यार्थीलाई भर्ना हुने अवसर दिइनेछ । यस सूचीमा पहिलो लिष्टमा नाम भएका तर भर्ना नभएका विद्यार्थीको नाम स्वतः हट्नेछ । भर्ना प्रणालीका विषयमा जानकारी दिँदै शिक्षा अधिकारी सीताराम कोइरालाले भन्नुभयो, ‘शिक्षा कानुनजस्ता विषयमा कोटामा पुग्ने गरी पनि विद्यार्थीहरुको आवेदन परेन । विज्ञान विषयमा अत्याधिक चाप भयो ।’
प्राविधिक विषय अध्ययन गराउने ६ वटा सामुदायिक विद्यालयसँगै छात्रवृत्ति उपलब्ध गराउने विद्यालयको संख्या १७७ छ ।
लिष्टमा नाम रहेका विद्यार्थीहरुले http://entrance/kathmandu.gov.np/ मा थिचेपछि देखिने पेजमा Check Your Status मा थिचेर अर्को पेजमा पुगेपछि मागेको विवरण भर्नुपर्छ । विवरण भरेपछि शिफारिस हुनुभएका विद्यालयहरुको नाम देख्न सक्नुहुनेछ । यस प्रक्रियामा कुनै अन्यौलता भए ९८४१३८६९४९ फोन नम्बरमा यमलाल चौलागाईँलाई यसैगरी ९८४१३७६६१८ मा खगराज जोशीलाई, ९८४१३५४१२४ मा डा. शर्मिला पोखरेललाई, ९८५१०६६६१७ इन्द्रप्रसाद दाहाललाई र ९८५११९९९४५ नेत्रनारायण पौडेललाई सम्पर्क गर्न विभागले सम्पर्क अधिकारीको नाम सार्वजनिक गरेको छ ।
छात्रवृत्तिका लागि साउन २० गते परीक्षा सञ्चालन गरेर त्यसै दिन प्रारम्भिक नतिजा प्रकाशन गरिएको थियो । छात्रवृत्तिका लागि आवेदन दिनेमध्ये ६ हजार १७ जनाको आवेदन स्वीकृत भएको थियो । प्रवेश परीक्षामा ५ हजार १६२ जना विद्यार्थी सहभागी हुनुभएको थियो । उहाँहरुमध्ये ३ हजार ३१ जना छात्र र १ हजार ५१९ जना छात्रा गरी ४ हजार ५५० जनाको नाम प्रारम्भिक नतिजाको एकमुष्ठ योग्यता क्रममा प्रकाशित गरिएको थियो ।
त्यसपछिका २ दिन (साउन २१ र २२) गते पुनर्योगका लागि समय दिइएको थियो । यसमा ५४ जना परीक्षार्थीले निवेदन दिनुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App