वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
विभागहरुसँग अनुगमनका सवालमा छलफल सकियो : अब साझा र क्षेत्रगत अनुगमनका सूचक तयार पारिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन तथा मूल्याङ्कन समितिले विभागस्तरीय अनुगमनका सवालमा अन्तरक्रियात्मक छलफल सकेको छ । ४ कार्य दिनमा महानगरपालिकाको सङ्गठन संरचनाका सबै विभाग, एकाई, आयोजना, सचिवालय, कार्यक्रमका विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरुसँग छलफल गरेको हो । योजना, अनुगमन तथा मूल्याङ्कन एकाईको समन्वयमा भएको छलफलमा योजना, कार्ययोजना, अनुगमन गर्नु पर्ने क्षेत्र, त्यसका लागि आवश्यक पर्ने सूचक, आन्तरिक तथा वाह्य समन्वयका क्षेत्रलगायत विषयमा छलफल भएको थियो । छलफलमा पूर्व सचिव रेश्मिराज पाण्डेले अनुगमनका सवालहरूको सम्बोधन कसरी गर्न सकिएला भनेर सुझाउनु भएको थियो ।
छलफलको समापन गर्दै छलफलको समापन गर्दै समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, नीति, योजना तथा कार्यक्रमको प्रभाव मापन गर्न अनुगमन मूल्याङ्कन प्रणालीलाई व्यवस्थित गर्न लागिएको बताउनुभयो । ‘कार्यान्वयन योग्य र व्यवहारिक कार्यविधिले अनुगमनलाई व्यवस्थित बनाउँछ । यसका लागि तपाईँहरुसँग छलफल गरेका हौँ ।’ डंगोलले भन्नुभयो, ‘छलफलका क्रममा हामीले सोचभन्दा धेरै पृष्ठपोषण, कानुनी र व्यवहारिक सवालहरु आएका छन् । यी सवाललाई सूचकमा रुपान्तरण गर्न तपाईहरुको यत्तिकै क्रियाशीलताको अपेक्षा गरेकी छु ।’
विगतको सेवा प्रवाह र पूर्वाधार विकासको पद्धति तथा यससँग जोडिएका नतिजा हेर्दा कतिपय ठाउँमा कानुनी प्रबन्ध नै सुधार गर्नु पर्ने जस्तो देखिएको छ । छलफलमा समितिका सदस्य एवं वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरको धारणा थियो ।
यस अघिका कानुनी प्रबन्धमा छुटेका तथा त्यसमा जटिलता देखिएका विषयलाई सहजीकरण गर्न कार्यविधि तर्जुमा गर्न लागिएको एकाईका प्रमुख नरेन्द्रबिलास बज्रचार्यले जानकारी दिनुभयो ।
अनुगमनका सवालहरुमा हामीले वडामा भएका काम र जिम्मेवारीसँग सम्बन्धित विषयका सवालहरुमा स्पष्ट हुनु पर्नेछ । कार्यक्रमको सहजीकरण गर्दै एकाईका उपनिर्देशक एवम् अनुगमन तथा मूल्याङ्कन समितिका सहायक सदस्य–सचिव प्रहलाद घिमिरेले भन्नुभयो, ‘सूचक निर्माण गर्नका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम चलाएर महानगरपालिका अधिकारीहरुलाई विज्ञ बनाउने योजना छ ।’
घिमिरेका अनुसार वडास्तरीय अनुगमनका सवालमा पनि छलफल हुनेछ । यी सबै पृष्ठपोषण अनुगमन कार्यविधि र अनुगमन टोली परिचालन कार्यविधि तर्जुमाका लागि हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App