Logo
  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • इ.स.: 2026 June 21,SUNDAY

  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • सिटी व्राण्डिङ्का लागि अवधारणासहित सूचीकृत हुन आव्हान 

    सिटी व्राण्डिङ्का लागि अवधारणासहित सूचीकृत हुन आव्हान 

    काठमाडौँ । राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान बढाउन काठमाडौँ महानगरपालिकाले अवधारणा माग गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले सूचना जारी गर्दै अबधारणा पत्र सहित सूचीकृत हुन आउन भनेको हो ।  

    महानगरको समग्र ब्राण्डिङ सम्बन्धी काम गर्न इच्छुकले १५ दिनभित्र अवधारणा पेश गर्न सक्नेछन् ।

    यसका लागि फर्म तथा संघसंस्थाले, निवेदनसहित सिटी ब्राण्डिङ अबधारणा पत्र तथा गर्न सकिने कामको प्राबिधिक प्रस्ताब, अहिलेसम्म गरेका कामको अनुभब प्रमाणपत्र तथा अन्य कागजात र संस्थाका कागजात पेश गर्नु पर्छ । संस्थाका कागजात भनेको दर्ता प्रमाणपत्र, पान/भ्याट दर्ता प्रमाण पत्र, स्थानीय तहमा व्यवसाय दर्ता भएको प्रमाण पत्र, आ. ब. २०७८/७९ को करचुक्ता प्रमाणपत्र हुन् । 

    व्यक्ति वा बिज्ञले अवधारणा पेश गर्न चाहेमा नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा) अहिलेसम्म गरेका कामको अनुभब विवरण तथा प्रमाणपत्र सहित सिटी ब्राण्डिङ अबधारणा पत्र तथा गर्न सकिने काम उल्लेख भएको प्राबिधिक प्रस्ताब पेश गर्नुपर्छ ।  

    तस्विर : विनय शाक्य 

  • प्रकाशित मिति बिहीबार ८ भदौ २०८० ०९:२९ AM