वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
भानु मा. वि. मा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङका कक्षा सुरु
काठमाडौँ । दरबार हाइ स्कूलअन्तर्गत भानु मा. वि. मा आजदेखि रोवोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षा सुरु भएका छन । कक्षाका लागि वितेका हप्ताहरुमा अभिमुखीकरण गराइएको थियो । कक्षामा विद्यार्थीहरुको गहिरो चाख देखिन्थ्यो । उनीहरु विषयवस्तुप्रति उत्साहित थिए । शिक्षकहरुसँग अन्तरक्रियात्मक हुनुले यसलाई स्पष्ट्याइरहेको थियो । यी कक्षाहरु महानगरपालिकाको बुक फ्रि फ्राइडेअन्तर्गत सञ्चालन भएका हुन् ।
आज विद्यालयमा नाट्यशाला सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन भयो । अर्को हप्ताबाट नाट्यशालाका कक्षाहरु सञ्चालन हुनेछन् ।
सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाकाअनुसार, कोडिङ् सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ् सिकाइएको थियो । यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको थियो । विद्यार्थीहरुको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरु पनि चलिरहेका छन ।
महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ् क्लव गठन भइसकेका छन् । उनीहरुको काम विश्वका १६० भन्दा धेरै देशमा क्लव सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षाहरुले विद्यार्थीहरुमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीहरुमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुनेछ ।
कोडिङ्को आधार स्क्याच कोडिङ् हो ।
डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ । यस कार्यक्रमका लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी हुन् । क्लवका विद्यार्थीहरुले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्छन् ।
महानगरको बुक फ्रि फ्राइडेअन्तर्ग आज सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्र स्तरमा डेंगी शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार नै सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको दोस्रो सत्र सञ्चालनको तयारी छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App