Logo

कोकाकोलामा अखाद्य बस्तु भेटिएपछि कालिञ्चोक ट्रेडिङ्लाई १ लाख ५० हजार रुपैयाँ जरिवाना 

कोकाकोलामा अखाद्य बस्तु भेटिएपछि कालिञ्चोक ट्रेडिङ्लाई १ लाख ५० हजार रुपैयाँ जरिवाना 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कालिञ्चोक ट्रेडिङ्लाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । वडा नं. २८ पुतलीसडकमा रहेको ट्रेडिङ् कोकाकोलाको वितरक हो । 

२५० मिलिलिटरको शिलबन्दी बिर्को भएको बोतलको भित्र कोकाकोलामा अखाद्य बस्तु (सेतो डल्लो) देखिएपछि भृकुटीमण्डपका व्यापारीले महानगर प्रहरीमा खवर गरेका थिए । त्यसलगत्तै महानगर प्रहरी र बजार अनुगमन टोली अनुगमनका लागि गएका थिए । 

अवस्थामा विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाले भन्नुभयो, ‘हामीले फोहोर देखिएको बोतलको व्याच नम्बरमा उत्पादन भएका अरु बोतलहरु हेर्‍यौं । अन्य व्याच नम्बरमा उत्पादन भएका बोतल पनि हेर्‍यौं । उत्पादक, वितरक र व्यापारीसँग सोधपुछ गर्‍यौं । यसमा वितरकले लापर्वाही गरेको अवस्था अवगत भएपछि वितरकलाई कारवाही गरेका हौँ ।’   

महानगरले बजार अनुगमनमा क्रममा अहिले पानी र दूधजन्य उत्पादन, वितरण तथा विक्री वितरणको बजार हेरिरहेको छ । 

 

 

 

  • प्रकाशित मिति: आइतबार​ १० भदौ २०८० १८:१३