वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
सेवाग्राहीबाट पार्किङ्ग शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश
 
                        काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यवसायिक, बहुतले र आवासीय भवनहरुलाई सेवाग्राहीबाट पार्किङ्ग शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । कम्प्लेक्स डेभलपर लिजर एशोसिएसनले महानगरको निःशुल्क पार्किङ्ग सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न नगराउन माग गर्दै दिएको निवेदनमा अदालतले यस्तो आदेश दिएको हो ।
साउन ३० गतेको अन्तरिम आदेशमा, महानगरपालिकाको आर्थिक ऐन २०८० को दफा १२ को उपदफा (४) लाई उधृत गर्दै भनिएको छ, ‘बहुतले, आवासीय वा व्यावसायिक भवनहरुमा रहेको व्यवसाय र सेवा सम्बद्ध सेवाग्राहीले सेवा लिएको प्रमाणका आधारमा सवारी साधन पार्किङ्क वापतको शुल्क तिर्नुपर्ने छैन’ भन्ने प्रावधान रहेको देखिँदा सेवा सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुृल्क लिन नपाइने भएकोले सो प्रावधानको अनिवार्य रुपमा कार्यान्वयन गर्नु गराउनु निवेदक र विपक्षी काठमाडौँ महानगरपालिकाको कर्तव्य हुन आउने देखिन आउँछ ।’ यसबाट निःशुल्क पार्किङ्ग सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन एशोसिएसनले दायित्व पूरा गर्नुपर्ने भएको छ । यस्तै महानगरपालिकालाई व्यवस्था कार्यान्वयनको अनुगमन गर्ने बाटो खुलेको छ ।
काठमाडौँ महानगरपालिकाले नगर सभाको १३ औँ अधिवेशनबाट पारित गरेको आर्थिक ऐन २०८० मा पार्किङ्क सम्बन्धी व्यवस्था गरेको छ । ऐनका दफा १२ सँग सम्बन्धित अनुसूचीमा पार्किङ्ग सम्बन्धी व्यवस्थालाई स्पष्ट पारेको छ ।
ऐनमा उल्लेख भएको व्यवस्था कार्यान्वयन गराउन महानगरपालिकाले साउन ८ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । सूचनामा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका÷भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन नगर्न आग्रह गरिएको थियो ।
शुल्क लिन पाइने भनेर तोकिएका ठाउँमा पनि सवारी साधनको प्रकृति र पार्किङ्ग गरिएको समयका आधारमा तोकिएको शुल्क लिन सकिनेछ । यसमा पनि अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ्ग शुल्क लाग्दैन । यस्तै आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निःशुल्क पार्किङ्गको व्यवस्था हुनेछ ।
अदालतमा एशोशिएसनले दिको निवेदनमा महानगरपालिकाकातर्फबाट कानुनी सल्लाहकार डिना श्रेष्ठले वहस गर्नुभएको थियो । निवेदकका तर्फबाट अधिवक्ताहरुस् शम्भु थापा, मेघराज पोखरेल, ईश्वर अधिकारी र करुणाकर मल्लिकले वहस गर्नुभएको थियो ।  
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App