वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
वार्षिकोत्सवका अवसरमा महानगर प्रहरी बलको विशेष सरसफाइ
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले स्थापना दिवसका अवसरमा स्वयम्भू परिक्रमा क्षेत्र र पार्कको विशेष सरसफाइ गरेको छ । विहान ७ बजेबाट सुरु भएको सफाइ साढे ९ बजेसम्म चलेको थियो ।
सफाइका क्रममा १५ मेट्रिक टन फोहोर संकलन गरियो । सफाइमा वित्त समितिका संयोजक एवं वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जनलगायत जनप्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।
महानगरपालिका घोषणा हुनु अघि २०५० साल भदौ १४ गते नगर प्रहरी सेवा गठन गरेको हो । त्यस समयमा २१९ जना प्रहरी थिए ।
महानगरपालिकाको नीति, कानुन तथा निर्णय कार्यान्वयन गर्नु, सहरी सुव्यवस्थापनका विविध क्षेत्रको व्यवस्थापन गर्नु नगर प्रहरीको मुख्य जिम्मेवारी हो । प्रहरीका कामलाई व्यवस्थापन गर्न २०८० साल असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनले महानगर प्रहरी ऐन जारी गरेको छ । ऐनले महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेखको काम गर्ने, सरसफाइ र सुन्दरता, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदामा जिम्मेवारी दिएको छ ।
जिम्मेवारी पूरा गराउन महानगरको भूगोललाई ४ क्षेत्रमा बाँडेर क्षेत्रगत कमाण्डर र विभिन्न दर्जाका प्रहरी खटाएर काम गरिरहेको छ ।
व्यवसायिक प्रयोजनमा भएका भूमिगत तलाहरुलाई पार्किङ्ग व्यवस्थापन उपयोगमा ल्याउने, गैरकानुनी संरचना हटाएर सार्वजनिक स्थललाई खाली गराउने, नदीको प्राकृतिक वहाव क्षेत्रमा भएको अतिक्रमण हटाउने लगायत कामले महानगर प्रहरी बलप्रति नगरबासीले भरोसा व्यक्त गर्न थालेका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App