सापारु र रोपाइँ जात्राका दिन काठमाडौँ महानगरपालिकाको सार्वजनिक विदा
काठमाडौँ । काठमाडौँमा धुमधामका साथ मनाइने सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रबार सार्वजनिक विदा दिएको छ । बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विदा सम्बन्धी सूचना जारी गर्नुभएको हो ।
मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौँ महानगरपालिका भित्र सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।