वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
नाकामा, पानी भरिने जारको अनुगमन : गुणस्तरमा शंकै शंका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अहिले पानीको गुणस्तरको अनुगमन गरिरहेको छ । पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले पानी भर्न प्रयोग हुने जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन थालेको हो । अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा पानीको गुणस्तरमा शंकै शंका देखिएका छन् ।
यस क्रममा आज वडा नं. ३२ जडीवुटीबाट कागेश्वरी मनोहरा सडक खण्डमा अनुगमन गरेको हो । कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाकाअनुसार, पानी बोकेर आउने ११ वटा ट्रिपर रोकेर पानी र जारको अवस्था हेरिएको थियो । यसरी हेरिएका सवारी साधनमा एउटै मात्र कम्पनीका जार कुनैमा पनि थिएनन् । भएकामध्ये आधामा लेवल राखिएको थियो । आधामा थिएन । कुच्चिएर, चुहिने, फुटेका जार सराबरी थिए । पानीको बिल र चलानी कसैसँग पनि थिएन । सवारी साधनमा भएका चालक तथा सहयोगीसँग समस्याका विषयमा अधिकारीहरुले जानकारी माग्दा आफूहरुलाई थाहा नभएको साहुलाई सोध्नु पर्ने बताए ।
समस्या देखिएकामध्ये १५ वटा खाली, १६ वटा भरिएका, लेवल बिनाको एउटा गरेर ३२ वटा जार जफत गरिएको छ ।
वडा नं. ३२ मा पानी उत्पादन गर्ने एउटा कम्पनी छ । तर कागेश्वरी मनोहरा क्षेत्रमा भएका १ दर्जन बढी उद्योगको पानी यही नाका भएर सहरमा वितरणका लागि ल्याउने गरिएको छ ।
यस अघि चावहिलबाट क्षेत्रमा अनुगमन गरिएको थियो ।
पानीको जारमा कीरा भेटिएको गुनासो लिएर उपभोक्ताहरु विभागमा आउन थालेका छन् ।
वितरण प्रणालीबाट आएको पानीमा विश्वाश नगरेर उपभोक्ता जारको पानीमा निर्भर भएका छन् । पैसा तिरे पनि सोचेको जस्तो गुणस्तरको पानी पाउन सकेका छैनन । उपभोक्ताले पानीको शुद्धता एकिन गर्न जाँगर चलाएको देखिँदैन ।
व्यवसायीले व्यवसायिक धर्म निर्वाह गरेनन भन्दैमा उपभोक्ता चुृप हुनु पर्ने देखिँदैन ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App