वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
आजै थाल्नु पर्ने ७१ वटा कामका सूची, एसएमटी बैठकमा
काठमाडौँ । आजैदेखि थाल्नु पर्ने ७१ वटा कामका सूची प्रस्तुत गर्दै एमएमटी (सिनियर म्यानेजमेन्ट टीम) बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न निर्देशन दिनुभयो । यो बर्ष, गएको बर्षभन्दा नतिजामा वृद्धि गर्नु पर्नेछ । जनजीविकाको सहजता, पूर्वाधार विकासमा समन्वयात्मक संयन्त्र, आर्थिक सामाजिकका काममा सहभागिताबाट नतिजा निकाल्नु पर्छ । उहाँको भनाइ थियो ।
तत्काल गर्नु पर्ने कामको सूचीमा, हाइमास्ट लाइट जडान गर्ने, विद्युतीय सेवा सुरु, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ्ग व्यवस्थापन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडा स्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यक पर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयन लगायत बुँदा छन् ।
आकाशे पुलमा शिशाका बार बनाउने, सडक पेटीलगायत संरचनाहरुको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माणलगायत काम छन् । यस्तै काठमाडौँ प्लाजामा स्तनपान कक्ष निर्माण गराउने जस्ता काम छन् ।
बैठकमा विभागीय प्रमुखहरुले आफूअन्तर्गतका योजना कार्यान्वयनमा अहिलेसम्म भएका काम र आगामी योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App