Logo
  • वि.सं.: २०८२, कात्तिक ३ सोमबार

  • इ.स.: 2025 October 20,MONDAY

  • वि.सं.: २०८२, कात्तिक ३ सोमबार

  • वडा १६ मा स्व. रिजालको श्रद्धाञ्जली सभा

    वडा १६ मा स्व. रिजालको श्रद्धाञ्जली सभा

    काठमाडौँ । वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको पाँचौँ पुण्यतिथिमा आज वडा नं. १६ ले श्रद्धाञ्जली सभाको आयोजना गर्‍यो। नयाँबजारस्थित जुडो हल परिसरमा आयोजना गरिएको सभामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, प्रशासन विभागका प्रमुख दिपक अधिकारी, वडा १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जन, वडा सदस्यहरु हर्कबहादुर खाती, शारदा सुवेदी मनिता कपाली, वडाका कर्मचारीसहित स्थानीयबासीले स्व. रिजालको तस्विरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । 

    सभामा उपस्थितहरुमा गहिरो शोक थियो । आँखामा टलपल आँशु थिए । 

    सभामा श्रद्धाञ्जली मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, रिजालको देहावसानबाट महानगरलाई ठूलो क्षति भएको धारणा राख्नुभयो । ‘ठूला समस्यालाई पनि सजिलै ग्रहण गरेर समाधान गर्ने क्षमताको सबैतिरबाट प्रशंशा भएको छ । सबैसँग समान दुरी राखेर व्यवहार गर्ने, हक्की स्वभाव र जनताका दुःखमा साथै हुने गुणकाकारण सबैको मनमनमा हुनुहुन्थ्यो । मसँग औपचारिकभन्दा गहिरो रुपमा अनौपचारिक सम्बन्ध थियो ।’ गला अवरुद्ध पार्दै उहाँले भन्नुभयो, ‘उहाँले नागरिक जीवन सहजताका देख्नुभएका सपनाहरु अब हामीले मिलेर पूरा गर्नु पर्छ । यसबाट उहाँको आत्माले शान्ति पाउँछ ।’

    दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोले भदौ १७ गतेदेखि सघन उपचार कक्षमा उहाँको उपचार थालिएको थियो । उपचारकै क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक÷एक्युट किड्नी इन्ज्युरीका कारण उहाँको देहावसान भएको हो । 

    स्व. रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक पनि हुनुहुन्थ्यो । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट उहाँ काठमाडौँ महानगरपालिकाको वडा १६ का लागि अध्यक्ष निर्वाचित हुनुभएको थियो । अघिल्लो कार्यकालमा पनि उहाँ वडाध्यक्षकै रुपमा रुपमा निर्वाचित हुनुहुन्थ्यो । 

  • प्रकाशित मिति सोमबार २६ भदौ २०८० ०६:२८ PM