वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
वडास्तरीय फुटसल प्रतियोगिता सुरु : असोज ३ गते फाइनल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज लैनचौर फुटसल मैदानमा ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ रेफ्रीलाई फुटबल दिएर शुभारम्भ गर्नुभएको छ । वडा २३ ले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल असोज ३ गते हुनेछ । प्रतियोगिताको पहिलो खेल महानगरपालिका केन्द्र र वडा नं. २३ टीमका बिचमा भयो । खेलमा वडा २३ ले ५ गोल र महानगर केन्द्रले ३ गोल गरेको थियो । पहिलो खेलको पहिलो गोल महानगरकातर्फबाट विनय शाक्यले गर्नुभएको थियो ।
खुला उमेर समूहका पुरुष खेलाडी बिच हुने खेलमा महानगरका हरेक वडाबाट एउटा समूहले भाग लिनेछ । नकआउटका आधारमा हुने खेल हरेक दिन विहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ ।
प्रतियोगिताले खेलमार्फत युवाहरुलाई स्वस्थ्य रहन मद्दत गर्ने वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले बताउनुभयो । उहाँकाअनुसार खेलका विजेता टीमलाई २ लाख रुपैयाँ, उपविजेतालाई टीमलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १/१ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कार दिइनेछ ।
यसप्रकारका खेलले वडाहरुको आपसी सम्बन्ध प्रगाढ बनाउने छ । शुभारम्भ अवसरमा वडा नंं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, युवा लक्षित खेलका कार्यक्रम बढाउँदै लगिने बताउनुभयो । हामीले खेल मैदान बनाएर आफैँ प्रतियोगिता गराउन सक्ने भएका छौँ । तिवारीको भनाइ थियो ।
प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App