वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
वडाध्यक्ष स्व. रिजालको स्मृतिमा श्रद्धाञ्जली सभा
काठमाडौँ । वडा नं. १६ का अध्यक्ष स्व. मुकुन्द रिजालको १३ औँ दिनको पुण्य तिथिमा काठमाडौँ महानगरपालिकाले आज श्रद्धाञ्जली सभा आयोजना गर्यो । राष्ट्रिय सभा गृहमा आयोजित सभामा प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, विषयगत समितिका संयोजक तथा सदस्यहरु, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसहित कर्मचारीहरुले स्व. रिजालको तस्विरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
सभामा स्मृति अभिव्यक्ति राख्दै प्रबक्ता नविन मानन्धरले, आफ्नो वडासँग सिमाना जोडिएकाले रिजालले वडाको समृद्धिका लागि देख्नुभएको सपना पूरा गराउन लाग्ने बताउनुभयो । ‘म गम्भीर विरामी हुँदा बाँच्छस्, केही हुन्न भन्नुहुन्थ्यो । उहाँ आफैँ विरामी हुँदा, मलाई के भाको छ र? म त्रियासी बर्ष बाँच्छु भन्नुहुन्थ्यो । यति धेरै आत्मविश्वाश भएको, नेतृत्वमा खरो भूमिका निर्वाह गर्न सक्ने कोमल मनका सहकर्मी गुमाउनु पर्दाको पीडा व्यक्त गर्न कठिन छ ।’ प्रवक्ता मानन्धरले भावुक स्वरमा भन्नुभयो ।
रिजालसँग जोडिएका स्मृति सुनाउँदै वडा १५ का अध्यक्ष एवं वित्त समितिका संयोजक ईश्वरमान डंगोलले, चमती आयोजनामा बाँकी रहेको काम सम्पन्न गरेर वडाबासीलाई खुशी दिने कामबाट २०७४ सालमा सम्बन्ध गाँसिएको बताउनुभयो । ‘सहकार्यमा आयोजना सम्पन्न हुने चरणमा पुग्यो । यसको हर्ष बाँड्न नपाउँदै सोखियो ।’ डंगोलको गला अवरुद्ध भयो । रिजालसँगको सम्बन्धका आयाममा चर्चा गर्दै वडा ३२ का अध्यक्ष एवं राजस्व समितिका संयोजक नवराज पराजुलीले, निर्भीक, स्पष्टवक्ता सहकर्मीको साथ छुटेपछि शुन्यता महसुस भएको बताउनुभयो । उहाँको बोल्ने शैली लोभलाग्दो थियो । मनमा लागेको कुरा भन्दा कोही रिसाउला भन्ने सोचेर लागेका कुरा लुकाउनु हुन्नथ्यो । विषय पाएपछि खरर बोलिहाल्नु हुन्थ्यो । त्यसैले म उहाँलाई मुकुन्दानन्द भन्ने गर्थेँ । पराजुलीले अनौपचारिक आत्मीय सम्बन्धको आयाममा चर्चा गर्नुभयो ।
मेरा लागि उहाँ राजनीतिक गुरु पनि हुनुहुन्थ्यो । वडा नं. २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले भन्नुभयो, ‘उहाँ कसैसँग हार्नु भएन । काललाई जित्न सक्नु भएन ।’ महानगरको समृद्धिका लागि रिजालले देखेका सपना र बनाएका योजना पूरा गराउनु हामी सबैको दायित्व हो । तिवारीले धारणा राख्नुभयो ।
सभाका वक्ताहरुले, रिजालको राजनीतिक, सामाजिक तथा अधिकारका क्षेत्रको व्यक्तित्वका विषयमा चर्चा गर्दै सभाका वक्ताहरुले, रिजालको राजनीतिक, सामाजिक तथा अधिकारका क्षेत्रको व्यक्तित्वका विषयमा चर्चा गर्दै आफूहरुलाई बाँकी काम गर्ने दायित्व छोडेर नआउने बाटोमा जानुभएको धारणा राख्नुभएको थियो ।
स्वास्थ्यमा समस्या भएर नियमित उपचारका लागि भदौ १७ गते अस्पताल जानु भएका रिजाल, दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) देखिएपछि सघन उपचार कक्षमा भर्ना हुनुभयो । उपचारकै क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक/एक्युट किड्नी इन्ज्युरीका कारण भदौ २१ गते विहान ७ः३० बजे उहाँको देहावसान भयो ।
निधन भएका दिन विहान ११ बजेदेखि १ बजेसम्म काठमाडौँ महानगरपालिकाले रिजालको श्रद्धाञ्जलीका लागि पार्थिव सरीरलाई राष्ट्रिय सभा गृहमा राख्यो । त्यसै दिन पशुपति आर्यघाटमा उहाँको अन्येष्टि गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ २२ गते उहाँको स्मृतिमा महानगरपालिकाले शोक विदा दिएको थियो ।
स्व. रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक पनि हुनुहुन्थ्यो । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट उहाँ काठमाडौँ महानगरपालिकाको वडा १६ का लागि अध्यक्ष निर्वाचित हुनुभएको थियो । अघिल्लो कार्यकालमा पनि उहाँ वडाध्यक्षकै रुपमा रुपमा निर्वाचित हुनुहुन्थ्यो । महानगरको समृद्धिसँगै वडाको आफ्नै प्रशासनिक भवन बनाएर कार्य सञ्चालन गर्ने उहाँको ठूलो अभिलाषा थियो ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App