वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
पठनपाठनमा अवरोध नगर्न प्रमुख शाहको शिक्षकहरुलाई आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यालयको पठनपाठन वातावरणमा असर हुने कुनै पनि क्रियाकलाप नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएको सन्दर्भमा उहाँले भन्नुभएको छ, ‘ शिक्षा बिधेयकमा हाम्रो पनि असहमति छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १० हजार भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छन् । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकार भित्र छ । यसकारण विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित छ । काठमाडौँको शिक्षा नीति र जुम्लाको शिक्षा नीति तथा आवश्यकता फरक हुन्छन् ।’
‘स्थानीय तहले प्रस्तुत गर्नु पर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन ।’ प्रमुख शाह भन्नुहुन्छ, ‘स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यास बारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।’
शिक्षकहरुको आन्दोलनको प्रसङ्गमा शाहले शिक्षकहरुलाई भन्नुभएको छ, ‘स्कुल बन्द गरेर पठनपाठनमा अबरोध नपुर्याउनु होला । यस्ता अबरोध पुर्याउनेहरुलाई कानुनबमोजिम कारवाही हुनेछ ।’
सरकारले २०६८ साल जेठ ११ गतेको निर्णय अनुसार विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको छ । विद्यालय शान्ति क्षेत्र ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ बमोजिम विद्यालय बन्द गर्ने, हडताल गर्नेजस्ता क्रियाकलाप गरेर पठनपाठनमा बाधा पुर्याउन पाइँदैन ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App