वि.सं.: २०८२, मंसिर २५ बिहीबार
इ.स.: 2025 December 11,THRUSDAY
वि.सं.: २०८२, मंसिर २५ बिहीबार
यँयाः (इन्द्रजात्रा) का क्रियाकलाप कहाँ हुँदैछन, म्याप्स एप्समा हेर्न सकिने
काठमाडौँ । यसपटकको इन्द्रजात्रामा रथयात्रा, लाखे नाच, पुलुकिसी नाच कुन ठाउँमा छन् । आफूले चाहेको ठाउँभन्दा कति टाढा छन्? मोवाइल एप्लिकेसनबाट हेर्न मिल्ने भएको छ । गल्ली म्याप्स एप्सबाट यो सेवा प्रयोग गर्न सकिने भएको हो ।
एप्लिकेसनको आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सार्वजनिक गर्नुभयो । यस क्रममा उहाँले जात्रा सञ्चालन हुने दिनका रुट र यससँग सम्बन्धित विवरणको प्रयोग गर्नुभएको थियो ।
हामीले जात्राका क्रियाकलापका विषयमा जानकारी लिन एप्लिकेसनको प्रयोग थालेका छौँ । पहिलो प्रयोगबाट आएका पृष्ठपोषणलाई ग्रहण गरेर जात्रासँगै सहरका भित्री गल्लीहरुमा पुग्न सहज बनाउने छौँ । प्रविधि सार्वजनिक गरिसकेपछि उपप्रमुख डंगोलले भन्नुभयो, ‘यस अघि बत्ती जानुलाई रथ नजिक आएको संकेतका रुपमा लिने गरिन्थ्यो । अब मोवाइलमा लोकेसन हेरेर आफ्नो तयारी गर्न सकिन्छ । यसले पूजाआजा गर्ने श्रद्धालु, रथ यात्राका क्रममा दायित्व पूरा गर्नु पर्ने गुठीयारलाई महत्वपूर्ण सूचना प्रदान गर्नेछ ।’
एप्लिकेसनका विकासकर्ता राजविक्रम महर्जनले भन्नुभयो, हामीले कोविड १९ को संक्रमण फैलिएको समयलाई उपयोग गरेर प्रविधि विकास गरेका हौँ । यसमा हरेक गल्लीका सूचना छन् । एप्लिकेसनमा सहरी समस्यालाई समाधानका लागि गुनासो गर्ने विशेषता पनि छ । कुनै ठाउँमा सडकका समस्या देखियो भने त्यसको फोटो खिचेर विवरण र फोटोसहित गुनासो राख्न सकिन्छ ।
यसमा अद्यावधिक गरिएको सहरको नक्सा छ । रेष्टुरेन्टको नाम, शौचालय, बैङ्क, महानगरपालिकाका कार्यालय, क्लिनिक, अस्पताल, फार्मेसी, मठमन्दिरसहित स्थान देखाउँछ ।
ठाउँको संकेत गर्ने यो प्रविधिमा दृश्य पनि हेर्न सकिने विशेषता थप्नु पर्छ । सार्वजनिक अवसरमा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘परिवर्तित सूचना प्रणालीको उच्चतम उपयोग गरौँ ।’
यस प्रविधिलाई थप विकास गरेर सहरी सूचनाहरु एउटै ठाउँमा अद्यावधिक गर्दैछौँ । त्यस क्रममा सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेले आगामी योजना सुनाउनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App