वि.सं.: २०८२, पुस १ मंगलबार
इ.स.: 2025 December 16,TUESDAY
वि.सं.: २०८२, पुस १ मंगलबार
‘इन्फर्म वुमन, ट्रान्सफर्म लाइभ्स’ अभियानमा काठमाडौँ छनौट
काठमाडौँ । कार्टर सेन्टरको ‘इन्फर्म वुमन, ट्रान्सफर्म लाइभ्स’ मा काठमाडौँ छनोट भएको छ । यसमा विश्वका १२ वटा सहर छानिएका छन् । महिला आफूलाई चाहिने सूचनाहरू खोज्न र प्राप्त गर्न सक्ने बनाउन यो अभियान थालिएको हो । यो अभियानको तेस्रो वर्षमा सहभागी हुन काठमाडौँ छानिएको हो ।
अभियानमा सहभागी हुन विश्वभरका सहरबाट आवेदन माग गरिएको थियो । आवेदकमध्ये पारदर्शिता र लैङ्गिक समानताप्रतिको प्रतिबद्धताका आधारमा सहरहरु छानिएका हुन् । छानिएका सहरहरुमा, १) नेपालको काठमाडौँ, २) घानाको अक्रा, ३) संयुक्त राज्य अमेरिकाको बाल्टिमोर, मेरिल्याण्ड ४) तान्जानियाको दाररस सलाम, ५) स्कटल्याण्डको ग्लासगो, ६) नाइजेरियाको लागोस, ७) म्याक्सिकोको मेरिडा, ८) फिलिपिन्सको क्वेजोन सिटी, ९) इक्वेडरको क्युटो, १०) ब्राजिलको रियो द जेनेरियो, ११) इङ्ल्याण्डको ब्राजिलस रोटरडम र १२) चिलीको सान्टियागो सहर छन् ।
‘हरेक अवस्थाबाट उठ्न गहकिलो आवाजका चाहिन्छ । सूचनाले आवाजलाई गहकिलो बनाउँछ । यसकारण हामी अभियानमा सहभागी भएका हौँ ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘हाम्रा सहरका महिलाहरुलाई आफ्ना लाभका लागि आवश्यक पर्ने जानकारी चाहिएको छ । आर्थिक अवसरमा सचेतना बढाउन, सार्वजनिक निर्णय प्रक्रियाबा विषयमा थाहा पाउन, सार्वजनिक सेवामा पहुँच बढाउन जानकारी प्रदान गर्नु पर्नेछ । यसका लागि सञ्चालन गरिने कार्यक्रमले महिलालाई मात्र होइन, सबैलाई लाभ हुनेछ ।’
यो अभियानको लक्ष्य भनेको महिलाको सूचनाको हकका बारेमा सचेतना बढाउनु हो । स्थानीय तहबाट योजना छनोट, कार्यक्रम निर्माण र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नु हो । यसबाट महिला नेतृत्वलाई दिगो बनाउन सकिन्छ ।
यो अभियान सूचनामा विश्वव्यापी पहुँच दिवसका अवसरमा आज (२८ सेप्टेम्बर, २०२३) देखि आधिकारिक रूपमा सुरु भएको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App