Logo

जात्रा अवलोकन गर्न आएका विदेशी अतिथि स्वदेश फर्किए

जात्रा अवलोकन गर्न आएका विदेशी अतिथि स्वदेश फर्किए

काठमाडौँ । यँयाः (इन्द्रजात्रा २०८०) अवलोकन गर्न आएका विदेशी नगरका प्रतिनिधि स्वदेश फर्किएका छन् । असोज ११ गतेको जात्राका अबलोकन लागि त्यसको अघिल्लो दिन काठमाडौँ आएका थिए । 

आमन्त्रित विदेशी अतिथि (१६ वटा भगिनी सम्बन्ध र ९ वटा अन्तरराष्ट्रिय सघ सस्था) मध्ये यस बर्ष ३ वटा देश (चीन, अमेरिका र दक्षिण कोरिया) का ५ वटा नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए । यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी ४ वटा नगर र अमेरिकाको फेडरिसवर्ग नगरका प्रतिनिधि थिए । संस्थाहरुतर्फ सिटीनेटका प्रतिनिधि आएका थिए । 

आएकामध्ये पनि नान्जिन नगरका प्रतिनिधि यँयाः (इन्द्रजात्रा ) कै कुमारी रथयात्रा अवलोकन गरेर फर्किए र बाँकी ३ वटा नगरका प्रतिनिधि आज मध्यान्न स्वदेश फर्किएका हुन् । 

सिटीनेटका प्रतिनिधि भने आजबाट सिटीनेटकै कार्यक्रममा सहभागी हुन ललितपुर गएका छन् । 

उहाँहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरिएको थियो । विदाइका लागि इन्द्रजात्रा स्वागत तथा सत्कार समितिका संयोजक महेश काफ्ले, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेल जानु भएको थियो । 

स्वदेशमा भगिनी सम्बन्ध भएका नगरका प्रमुख तथा प्रतिनिधि पनि आजबाट फर्किन थाल्नुभएको छ । 

 

  • प्रकाशित मिति: शनिबार १३ असोज २०८० १७:१७