वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
चित्र कोर्ने कलाकारका दृष्टिमा काठमाडौँको भव्यता अतुलनीय छ — उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चित्र कोर्ने कलाकारका आँखामा काठमाडौँको भव्यता अतुलनीय रहेको बताउनुभएको छ । यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका स्वदेशी विदेशी अतिथिलाई ‘हाम्रो राम्रो उपत्यका’ कला प्रदर्शनी उद्घाटन तथा अवलोकन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) ववरमहलमा असोज १३ — २३ (३० सेप्टेम्बर — १० नोभेम्बर) सम्म हुने प्रदर्शनीअन्तर्गत असोज १२ गते विशेष प्रदर्शनी गरेर अवलोकन गराइएको हो ।
प्रदर्शनी उद्घाटन गर्दै डंगोलले, छोटो अवधिका लागि आउनु भएका अतिथिलाई काठमाडौँका सबै ठाउँमा घुम्न लैजान कठिन भएकोले, उपत्यकाको प्रकृति र संस्कृतिका विषयमा कलाकारले कोरेका तस्विर प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।
‘कलामा काठमाडौँलाई अनेक कोणबाट नियाल्न मिल्छ । यसबाट सम्पदा संरक्षणमा काम गर्नेहरुका लागि थप सिर्जनात्मक आयाम प्राप्त भएको छ ।’ उहाँले भन्नुभयो, ‘चित्रकलामार्फत काठमाडौँको संस्कृति र प्रकृतिलाई प्रवर्धन गर्ने उद्देश्यले कला परिषदसँग महानगरपालिकाले सहकार्य गर्नेछ ।’
परिषदमा ४५ जना कलाकारका ६१ वटा चित्र प्रदर्शनमा राखिएका छन् । जीवनका अनुभूतिहरु, प्रकृति र सम्पदाको गरिमा, भैरव र शिवका अभिव्यक्तिहरु रङ्गको प्रयोगबाट गरिएको जीवन्त प्रस्तुति प्रदर्शनको मुख्य विशेषता हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App