वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
समितिले काष्ठमण्डप पुननिर्माण सम्पन्न प्रतिवेदन महानगरपालिकालाई बुझायो
काठमाडौँ । काष्ठमण्डप पुननिर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले आज काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाउनुभएको हो । पुननिर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्याङ्कन, आर्थिक विवरण प्रतिवेदनमा समावेश गरिएको छ । २ खण्ड (‘क’ र ‘ख’) का अनुसूचीमध्ये ‘क’ खण्डमा समिति गठन सम्बन्धी पृष्ठभूमि, अवधारणा, पुननिर्माण सम्बन्धी सांगठनिक संरचना र कार्य सञ्चालन विधि, संक्षिप्त कार्य विवरण राखिएको छ । यस्तै खण्ड ‘ख’ मा आर्थिक बर्ष २०७४/०७५ देखि आ. व. २०७९/०८० सम्मको लेखा परीक्षण प्रतिवेदन, स्ट्रक्चर एनालाइसिस प्रतिवेदन, पुरातत्व विभागबाट स्वीकृत नक्सा, निर्माणका क्रममा तयार पारिएको नक्सालगायत कागजपत्र छन् । यस्तै मुल थाम उठाउने, झिँगटी लगाउने, मुख्य सामग्री विवरण, पूजा क्रम र अनुष्ठानको सूची, वाह्य र विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन समावेश गरिएको छ ।
प्राप्त प्रतिवेदन अध्ययनका लागि सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यलाई प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, विभागबाट प्रतिवेदन अध्ययन भएपछि छलफलका लागि सम्पदा पर्यटन समितिमा लगिने बताउनुभयो । यसपछि प्रमुख, उपप्रमुखसमक्ष छलफलका लागि प्रतिवेदन लगिनेछ । यसै क्रममा काष्ठमण्डप खुला गर्ने विषयमा छलफल हुनेछ ।
समितिले बुझाएको प्रतिवेदनमा स्पष्ट हुनु परे कागजपत्र माग्न सकिनेछ । छलफलका लागि अधिकारीलाई बोलाउन सकिनेछ । उहाँको भनाइ थियो ।
प्रतिवेदन बुझाउँदै समितिका अध्यक्ष शाक्यले, महालेखा परीक्षकले औल्याएका विषयलाई मध्यनजर गर्दै आर्थिक विवरण पेश गरिएको जानकारी दिनुभयो । शाक्यका अनुसार महानगरपालिकाबाट उपलब्ध गराइएको ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । काम भइसकेको भुक्तानी गर्न अब छत्तीस लाख छयासी लाख रुपैयाँ बाँकी छ । महानगरपालिकाले काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिनु प¥यो । उहाँले काष्ठमण्डपलाई नियमित सञ्चालन र संरक्षण गर्न, खुृल्ला गर्नका लागि काष्ठमण्डपलाई भौतिक रुपमा जिम्मेवारी स्वीकार गर्न आग्रह गर्नुभएको थियो ।
शाक्यको प्रस्तावपछि प्रमुख प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
२०७२ सालको भूकम्पले काष्ठमण्डप पूर्ण क्षति भएको थियो । यसको पुननिर्माणका लागि २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको भेलाको निर्णयबाट तत्कालीन प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भयो । २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुननिर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहार्ने निर्णय ग¥यो । यसको ४ दिनपछि अर्थात ज्येष्ठ २९ गते महानगरपालिका र समिति विच पुननिर्माणका लागि सम्झौता भयो ।
सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई ५० लाख रुपैयाँ प्रदान गरियो । त्यसपछि महानगरपालिकाले समितिलाई ०७५ असोज २७ गते ५ करोड रुपैयाँ, ०७६ माघ ९ गते ५ करोड रुपैयाँ र ०७८ असार १६ गते १ करोड रुपैयाँ उपलब्ध गरायो ।
स्थानीय सहभागितामा निर्माण भएको काष्ठमण्डपलाई भत्किनु पूर्वको शैली र स्वरुपमा निर्माण गरेर २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको थियो । पुननिर्माण समितिका संयोजक शाक्यले, महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यलाई र प्रमुख शाक्यले तत्कालीन राष्ट्रपति भण्डारीलाई साँचो दिएपछि लोकार्पण शिलापत्र अनावरण गर्नुभएको थियो ।
यसपछि मूर्ति स्थापना र प्राविधिक अवस्थाको विषय उठेपछि काष्ठमण्डप समितिकै जिम्मेवारीमा थियो ।
काष्ठमण्डप पुननिर्माण सकिएपछि अहिले करिब ६७ लाख रुपैयाँ बराबरका काठलगायत सामग्री बाँकी रहेको समितिले जानकारी दिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App